Revised Common Lectionary (Complementary)
हन्नाले धन्यवाद दिन्छिन्
2 हन्नाले प्रार्थना गरिन्,
“परमप्रभुमा, म खुशी छु!
परमप्रभुमा म विजयको अनुभव गर्छु।
तपाईंको मुक्तिमा म खुशी छु,
अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।
2 परमप्रभु जस्तो पवित्र कोही छैन।
तपाईं बाहेक कोही परमेश्वर छैन।
हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।
3 अब अहंकार हुदैन!
अहंकारपूर्ण वचनहरू अब छैन,
कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ।
परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।
4 शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन्
अनि दुर्बलहरू बलिया भएका छन्।
5 विगतमा धेरै भोजन प्राप्त गर्नेहरू
अब काम नगरी भोजन नपाउने भएका छन्।
तर विगतमा जो भोक-भोकै थिए,
तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्।
आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू
अहिले सातवटाकी आमा बन्न सफल छिन्!
तर जुन स्त्रीका धेरै सन्तानहरू थिए,
तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्।
6 परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ,
अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ।
उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ
अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।
7 परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ,
अनि उहाँले नै धनी बनाउनुहुन्छ,
परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ
र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
8 परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ,
अनि दुःख हटाई दिनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ।
परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो
अनि त्यसमाथि संसार बनाउनु भयो।
9 परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ,
ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ,
तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्।
तिनीहरूका शक्ति विजय प्राप्त गर्न
सहायक सिद्ध हुनेछैन।
10 परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ।
सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ।
उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ,
परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ।
उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।”
2 याकूबको परिवारको कथा यही हो।
यूसुफ सत्र बर्षको युवक थियो। उसको काम भेंडा-बाख्रा हेरचाह गर्नु थियो। उनले यो काम आफ्नो दाज्यू-भाइ र जिल्पा र बिल्हाका छोराहरूसित गर्यो। (जिल्पा र बिल्हा उसको बुबाकी उप-पत्नीहरू थिए।) यूसुफ आफ्नो बुबालाई उसका दाज्यूहरूले गरेका सबै दुष्टकर्मको विषयमा जानकारी दिने गर्दथ्यो। 3 इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो। 4 यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए।
5 एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले।
6 यूसुफले भने, “मैले एउटा सपना देखें। 7 हामीहरू सबै खेतमा काम गर्दैथियौ। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थिर्यो। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर ढोग्यो।”
8 यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो।
9 तब फेरि यूसुफले अर्को सपना देख्यो। यूसुफले यस सपना बारेमा पनि आफ्नो दाज्यू-भाइहरूलाई बतायो। उनले भने, “मैले अर्को सपना देखें। मैले घाम, जुन र एघार नक्षत्रहरूले मलाई ढोग गर्दै गरेको देखें।”
10 उनले आफ्नो बाबुलाई पनि त्यस सपना बारे भन्यो। तर उसको बाबुले त्यो सपनाको विषयमा आलोचना गरे। उसका बाबुले भने, “यो कस्तो प्रकारको सपना हो? के तँलाईं विश्वास हुन्छ तेरी आमा, तेरो दाज्यू-भाइहरू अनि म तँलाई ढोग्छौं।” 11 यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?
येशूको परिवारिक इतिहास
(लूका 3:23-38)
1 यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्।
2 अब्राहाम इसहाकका पिता थिए।
इसहाक याकूबका पिता थिए।
याकूब यहूदा र उनका दाज्यू-भाइहरूका पिता थिए।
3 यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।)
पेरेज हेस्रोनका पिता थिए।
हेस्रोन आरामका पिता थिए।
4 आराम अमिनादाबका पिता थिए।
अमिनादाब नास्सोनका पिता थिए।
नास्सोन सल्मोनका पिता थिए।
5 सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।)
बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिइन्)।
ओबेद यस्सीका पिता थिए।
6 यस्सी राजा दाऊदका पिता थिए।
दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।)
7 सुलेमान रोओबामका पिता थिए।
रोओबान अबियाका पिता थिए।
अबिया आसाफका पिता थिए।
8 आसाफ योसाफातका पिता थिए।
योसाफात योरामका पिता थिए।
योराम ओजियका पिता थिए।
9 ओजिया योआथामका पिता थिए।
योआथाम आहाजका पिता थिए।
आहाज एजेकियाका पिता थिए।
10 एजेकिया मनस्सेका पिता थिए।
मनस्से आमोसका पिता थिए।
आमोस योसियका पिता थिए।
11 योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएको थियो।
12 तिनीहरूलाई बेबिलोनमा लगिएपछि:
येकोनियास शालतिएका पिता थिए।
शालतिएल जरूबाबेलका पिता थिए।
13 जरूबाबेल अबिउदका पिता थिए।
अबिउद एलियाकिमका पिता थिए।
एलियाकिम आजोरका पिता थिए।
14 आजोर सादोकका पिता थिए।
सादोक आखिमका पिता थिए।
आखिम एलिउदका पिता थिए।
15 एलिउद एलियाजरका पिता थिए।
एलियाजर मत्थानका पिता थिए।
मत्थान याकूबका पिता थिए।
16 याकूब यूसुफका पिता थिए।
यूसुफ मरियमको लोग्ने थिए।
अनि मरियमबाट ख्रीष्ट येशूको जन्म भयो।
17 यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए। दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए। अनि यहूदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए।
© 2004, 2010 Bible League International