Revised Common Lectionary (Complementary)
5 तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।
ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
6 परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो।
परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो।
परमप्रभुले तिनीहरूलाई सधैँ रक्षा गर्नुहुन्छ।
7 दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ।
परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो।
कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
8 परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो।
परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो सङ्कटमा परेका छन्।
परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
9 परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ।
परमप्रभुले विधवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
10 परमप्रभुले सधैँको निम्ति राज्य गर्नुहुनेछ
हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ।
परमप्रभुको प्रशंसा गरौं!
13 यसर्थ बोअजले रूथलाई बिवाह गरे। परमप्रभुले रूथलाई गर्भवती बन्नदिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइन्। 14 शहरका स्त्रीहरूले नाओमीलाई भनेः “परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्राएलमा प्रसिद्ध होस्। 15 यसले तिमीलाई फेरि जीवन दिनेछ अनि तिम्रो वृद्धा अवस्थामा तिम्रो हेरचाह गर्नेछ। तिम्री बुहारीले यस्तो गराउन सकिन् तिनले तिम्रो निम्ति यो बालकलाई गर्भधारण गरिन्। तिनले तिमीलाई प्रेम र्गछिन्, अनि तिम्रो निम्ति तिनी सातजना छोराहरू भन्दा उत्तम छिन्।”
16 नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन्। 17 छिमेकीहरूले बालकको नाउँ राखि दिए। ती स्त्रीहरूले भने, “नाओमीको अब एउटा छोरा छ।” अनि तिनीहरूले उसलाई ओबेद नाउँदिए। ओबेद यिशैका पिता थिए। अनि यिशै राजा दाऊदका पिता थिए।
11 यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ। 12 तिमीहरूले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासँग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्। 13 तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिक्षा गरिरहेका छौं। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।
14 प्रिय मित्रहरू, हामी यस्तो घट्ना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरू प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर। 15 स्मरण राख कि हामीहरू बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरू पावलले तिमीहरूलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरूलाई लेख्नु भयो। 16 पावलले यी कुराहरूको बारेमा उनका सबै पत्रहरूमा यस्तो लेख्छन्। उनको पत्रहरूमा केही विषयहरू बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरू ती कुराहरूलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरू अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरू नै अन्य धर्मशास्त्रहरू पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरूले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।
17 प्रिय मित्रहरू, तिमीहरूले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरूलाई, तिनीहरूलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरू आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं। 18 तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैँको निम्ति उहाँमा महिमा रहोस्। आमिन्।
© 2004, 2010 Bible League International