Revised Common Lectionary (Complementary)
सुलेमानको भजन।
72 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
2 आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
3 त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
4 गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
उहाँले असहायहरूलाई साथ दिइयोस्।
कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
5 जब सम्म घाम उदाउँछ
अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
6 खेतहरूमा पानी बर्षे जस्तै,
धर्तीमा पानी परे जस्तै राजा बनुन्।
7 उहाँको राज्यकालमा धार्मिकता फूलोस्-फलोस्।
जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको गुण-गान गर!
परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!
2 त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर गर्वित हुनेछन्। 3 त्यतिबेला अझ सियोन र यरूशलेममा बसिरहेका मानिसहरू सबैले पवित्र मानिसहरू भनी मान्नेछन्। यी नाउँहरू खास सूचीमा दर्ता भएका मानिसहरूका निम्ति हुनेछ; सूचीमा दर्ता भएका मानिसलाई सधैँ बस्ने अनुमति दिइनेछ।
4 परमप्रभुले सियोनका स्त्रीहरूको रगत धोई दिनुहुनेछ। परमप्रभुले यरूशलेमबाट सबै रगत धोई पखाली[a] दिनुहुनेछ। परमेश्वरले न्यायिक स्वभाव प्रयोग गरी निष्पक्ष न्याय गर्नुहुनेछ। अनि उहाँको अग्नि स्वभावले सम्पूर्ण कुराहरू शुद्ध पार्नु हुनेछ। 5 तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसँगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्। प्रत्येकमाथि सुरक्षाको घेरा हुनेछ। 6 यो सुरक्षाको ठाउँ हुनेछ। त्यस व्यवस्थाले मानिसहरूलाई घामको तापबाट जोगाउने छ। त्यो व्यवस्थाले प्रत्येक बाढी र बर्षाबाट मानिसहरूलाई लुकाउने ठाउँ हुनेछ।
नयाँ प्रेरित चुनिए
12 त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ। 13 प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।
14 प्रेरितहरू एक साथ थिए। एकै उद्वेश्यको लागि तिनीहरूले लगातार प्रार्थना गरिरहेका थिए। केही नारीहरू, मरियम येशूको आमा अनि उहाँका भाइहरू पनि त्यहाँ प्रेरितहरूसँग थिए।
15 केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने, 16-17 “भाइहरू हो! दाऊदको माध्यम पवित्र आत्माले केही घट्नाहरू घट्नेछन् भनी धर्मशास्त्रमा भनेका थिए। उनी यहूदाको विषयमा बात गरिरहेका थिए जो हाम्रा दलका एक जना थिए। यहूदाले हामीसित सेवा गरेका थिए अनि ती मानिसहरूका मार्ग दर्शक भए जसले येशूलाई पक्रे।”
21-22 “यसैकारण अब अर्को मानिस हामीसँग सम्मिलित होस् र येशू पुनरुत्थान हुनु भएको गवाही बनोस्। यो मानिस हाम्रै टोलीको हुनुपर्छ जो प्रभु येशूको जीवनकाल भरि हामीसँग रहेको हुनु पर्दछ। यो मानिस यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिएको दिनदेखि येशूको स्वर्ग-आरोहण भएको दिनसम्म हामीसँग रहेको हुनुपर्छ।”
23 प्रेरितहरूले दुइजना मानिसहरू टोलीको समक्ष राखे। एकजना यूसुफ बर्णबास थिए। जसलाई जस्तस पनि भनिन्थ्यो। अर्को मानिस मत्तियास थियो। 24-25 प्रेरितहरूले प्रार्थना गरे, “प्रभु, तपाईंले सबै को मनका कुराहरू जान्नु हुन्छ। हामीलाई देखाउनु होस् यी दुइजना मध्ये कसलाई यो काम गराउन तपाईंले छान्नु भएको छ। यहूदाले त्यसलाई छाडे अनि तिनी वास्तवमा कहाँका थिए त्यहीं गए। प्रभु, हामीलाई देखाउनुहोस् कि कुन मानिसले एक प्रेरितको स्थान लिनु पर्ने हो।” 26 प्रेरितहरूले दुइ जनाबाट एकजना छान्नलाई चिट्ठा गरे। चिट्ठामा मत्तियासको नाउँ पर्यो। यसैकारणले अन्य एघारजना प्रेरितहरू सहित ऊ पनि एक प्रेरित हुन पुगे।
© 2004, 2010 Bible League International