Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 46

प्रमुख संगीतकारलाई: “अलामोत”[a] द्वारा गाउने कोरह परिवारहरूको एउटा भजन।

46 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ।
    सङ्कटको बेला उहाँबाट हामी सधैँ सहयोग पाउन सक्छौं।
यसैकारण भुइँचालो आए ता पनि
    पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ।
हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ
    र पर्वतहरू थर्किन्छन्।

त्यहाँ एउटा नदी छ जसको धाराले
    सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।
परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन।
    घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ।
    प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
    याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर।
    उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर।
परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सक्नु हुन्छ।
उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ,
    तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।

10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान!
    म जाति-जातिलाई परास्त गर्नु सक्छु,
    म संसारलाई अधीनमा राख्न सक्छु!”

11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ।
    याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

जकरिया 11

परमेश्वरले यहूदाको चारैतिर भएका देशहरूलाई दण्ड दिनुहुनेछ

11 लबानोन, आफ्नो दैलोहरू खोल! किनभने आगो भित्र आउँछ,
    अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।
बाशानका सल्लोको रूखहरू रूनेछन्,
किनकि देवदारका रूखहरू लडे।
    महान् रूखहरू नष्ट गराइए।
बाशानका फलाँटका रूखहरू
    त्यो जङ्गलको निम्ति रोऊ जुन काटिएकाछन्।
गोठालाहरू रूएको सुन!
    तिनीहरूको महिमा नष्ट भएको छ।
जवान सिंहको गर्जन सुन,
    यर्दन नदीको किनारको तिनीहरूको
    बाक्लो जङ्गल उजाड़ गराइएको छ।

परमप्रभु मेरा परमेशवर भन्नुहुन्छ, “ती भेंडा़हरूको रक्षागर, जसलाई मार्नेका निम्ति पालिएको छ। तिनीहरू जसले भेंडा़ किन्छन् तिनीहरूले भेंडा़लाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेंडा़लाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेंडा़हरूका निम्ति शोक मनाउँदैनन्। अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन।” परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोक्नेछैन।”

त्यसरी मैले ती भेंडा़हरूको रेखदेख गरें, बिशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरो लिएँ र मैले एउटा लौरोको नाउँ अनुग्रह राखें र अर्कोको नाउँ एकता अनि मैले भेंडा़हरूको रेखदेख आरम्भ गरें। मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेंडा़हरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले। त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो नष्ट हुन चाहन्छन् नष्ट होऊन्। अनि जो बाँच्छन् तिनीहरूले एक-अर्काको मासु खानेछन्।” 10 त्यपछि मैले अनुग्रह नामको लौरो लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसँग मेरो करार रद्द गर्न यसो गरें। 11 यसकारण त्यसदिन करार भङ्ग भयो अनि पीडित बगाल जसले मतिर हेरिरहेका थिए, उनीहरूले पनि बुझे, यो परमप्रभुको समाचार थियो।

12 तब मैले तिनीहरूलाई भनें, “यदि तिमी ज्याला दिन चाहन्छौ भने देऊ। यदि चाहँदैनौ भने नदेऊ!” यसैले मलाई उनले तीसवटा चाँदीका टुक्रा दिए। 13 त्यसपछि परमप्रभुले मलाई भन्नु भयो, “त्यसलाई कोष-भण्डारमा फ्याँकिदेऊ। तिनीहरूले सोच्छन कि त्यो महत्वपूर्ण रकमको लागि म योग्यको छु। त्यो पैसालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदेऊ।” यसकारण चाँदीको तीसवटा टुक्रालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदिएँ। 14 तब मैले एकता नाउँको लौरोलाई दुइ टुक्रा पारें मैले यी कुरा साबित गर्नको लागि गरें कि इस्राएल अनि यहूदाको बिचको एकता समाप्त भयो।

15 तब परमप्रभुले मलाई भन्नुभयो, “अब मूर्ख गोठालाको लौरोको खोजी गर। 16 म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेंडा़हरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेंडा़हरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेंडा़हरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”

17 हे मेरो बेक्कामको गोठालो तिमीले
    मेरा भेंडा़हरूलाई त्यागिदियौ।
एउटा तरवारले उसको दाहिने पाखुरा
    अनि उसको दाहिने आँखामा हिर्काउनेछ।
    उसको पाखुरा बेक्कामको हुनेछ
    अनि उसको दाहिने आँखा अन्धा हुनेछ।

1 पत्रुस 1:3-9

जिउँदो आशा

परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन् उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ। अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ।

तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरूलाई समयको अन्तमा दिइनेछ। यसले तिमीहरूलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरूलाई दु:खी बनाँउछ। यी दु:ख-कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

तिमीहरूले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरूले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरू उहाँमाथि विश्वास गर्छौ। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौ। तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International