Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 61

प्रमुख संगीतकारलाई: तार बाद्यसँग गाउँने दाऊदको भजन।

61 हे परमेश्वर, मैले गरेको प्रार्थना सुन्नुहोस्।
    मेरो प्रार्थना सुनी दिनुहोस्।
म जहाँ भए तापनि,
    जस्तो कमजोर भए तापनि,
तपाईंको सहयोग माग्नलाई पुकारा गर्ने छु!
    मलाई धेरै माथि सुरक्षित ठाउँमा लैजानुहोस्।
तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
    तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउँने बलियो धरहरा हुनुहुन्छ।
म तपाईंको पालमा सदा-सर्वदा रहन चाहन्छु।
    म तपाईंको शरणमा लुक्न चाहन्छु।

हे परमेश्वर, मैले के दिन्छु भनेर वाचा गरेको थिएँ त्यो तपाईंले सुन्नु भएकोछ,
    तर प्रत्येक कुरा तपाईंका भक्तजनहरूले पाउने तपाईंबाट नै आउँदछन्।
राजालाई दीर्घायु दिनुहोस्।
    ऊ अनन्त सम्म बाँचोस्।
उनी परमेश्वर सँगै सदा-सर्वदा रहुन्।
    तपाईंको स्नेहपूर्ण करूणाले उहाँलाई बचाउँनु होस्।
अनि म तपाईंको नाउँको गुणगान सधैँभरी गर्नेछु।
    प्रत्येक दिन, मैले वाचा गरेका कुराहरू मात्र गर्ने छु।

2 राजा 5:19-27

19 तब एलीशाले नामानलाई भने, “शान्तिसँग जाऊ।”

यसकारण उसले उनलाई छोडे अनि केही टाढा पुगे। 20 तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।” 21 यसकारण गेहजी नामानतिर दगुरे।

नामानले कसैलाई आफूतिर दगुरेको देखे। उनी गेहजीसँग भेट गर्न रथबाट ओर्लिए। नामानले भने, “के सबै ठीक-ठाक छ?”

22 गेहजीले भन्यो, “हजूर, सबै कुरा ठीक-ठाक छ। मेरा मालिक एलीशाले मलाई पठाएको छ। उनले भने, ‘हेर, दुइजना युवकहरू मकहाँ आए। तिनीहरू एप्रैमको पहाडी देशबाट आएका अगमवक्ताहरू हुन्। कृपया तिनीहरूलाई चाँदीको एक तोडा र दुइ जोर फेर्ने लुगाहरू देऊ।’”

23 नामानले भने, “कृपया दुइ तोडा लैजाऊ!” नामानले गेहजीलाई चाँदी लिनका लागि राजी गराए। नामानले दुइवटा थैलोमा दुइ तोडा चाँदी हाले अनि दुइजोर फेर्ने लुगा लिए। तब नामानले ती चीजहरू आफ्ना दुइ सेवकहरूलाई दिए। सेवकहरूले ती चीजहरू गेहजीसम्म पुर्याए। 24 जब गेहजी पहाडमा आयो, उसले सेवकहरूबाट ती चीजहरू लगे। गेहजीले सेवकहरूलाई टाढा पठाए अनि तिनीहरू गए! तब गेहजीले ती चीजहरू घरमा लुकाए।

25 गेहजी आए अनि आफ्नो मालिक एलीशा सामु उभिए। एलीशाले गेहजीलाई भने, “गेहजी तँ कहाँ गएको थिस्?”

गेहजीले भने, “म कत्तै गएको थिइन।”

26 एलीशाले गेहजीलाई भने, “त्यो साँच्चो होइनँ! मेरो मुटु तँसँगै थियो जब त्यो नामान तँ सँग भेट गर्न आफ्नो रथबाट ओर्लियो। यो धन, लुगा भद्राक्ष, दाख, भेंडा, गाई अथवा पुरूष तथा मैले सेवकहरू लिने समय होइन। 27 अब, तँ र तेरो नानीहरूले नामानको रोग पाउने छौ। तँलाई सधैँका लागि कुष्ठ हुनेछ।”

जब गेहजीले एलीशालाई छोड्यो, गेहजीको छाला हिउँ जस्तो सेतो भयो। गेहजी कुष्ठको रोगी भयो।

एफिसी 6:10-20

परमेश्वरको हात-हतियार धारण गर

10 मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन। 11 परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ। 12 हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ। 13 त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्छौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्छौ।

14 यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर 15 प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ। 16 अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ। 17 परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो। 18 सधैँ पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफूलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछोड। सधैँ परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।

19 मेरो लागि पनि प्रार्थना गर कि जब म बोल्छु परमेश्वरले मलाई शब्दहरू दिऊन् र सुसमाचारको गुप्त सत्यतालाई म निर्भयसँग भन्नु सकुँ। 20 सुसमाचारको पक्षमा बोल्ने काम मलाई दिइएको थियो। यो म अहिले यहाँ कैदमा बसेर पनि गर्छु। प्रार्थना गर कि जब म सुसमाचारको प्रचार गर्छु, मैले बोल्नु परे जस्तै निर्भयसित बोल्न सकुँ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International