Revised Common Lectionary (Complementary)
111 परमप्रभुको प्रशंसा गर!
म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्)
आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
2 परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।
मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।
3 परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।
उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।
4 परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने
कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।
5 परमेश्वरले आफ्ना अनुवाईहरूलाई भोजन दिनुहुन्छ,
उहाँले आफ्नो करार सदा-सर्वदा सम्झनु हुन्छ।
6 उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि
उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।
7 प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।
उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।
8 परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।
ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर ईमान्दार र शुद्ध हुनुहुन्छ।
9 परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।
परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।
10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।
मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्।
स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।
लेवी परिवार
34 मोशा, हारून अनि इस्राएली मानिसहरूका प्रधानहरूले कहाती मानिसहरूको गन्ती गरे। तिनीहरूले तिनीहरूको वंशहरू र परिवार समूहहरूको गन्ती गरे। 35 तिनीहरूले तीसदेखि पचाससम्म उमेर भएका मानीसहरू जसले भेट हुने पालमा काम गरेका थिए तिनीहरूको गन्ती गरे। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरू दिइएको थियो।
36 कहाती परिवार समूहमा 2,750 मानिसहरू थिए अनि तिनीहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए। 37 यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हारूनले गरे।
38-39 गेर्शोनी मानिसहरूमा पनि तीसदेखि पचास बर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइएको थियो। 40 यस परिवार समूहमा 2,630 मानिसहरू गनिएका थिए। 41 यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए।
42 मरारीहरू आफ्नो आफ्नो वंश तथा परिवार अनुसार गनिएका थिए। 43 तीसदेखि पचास बर्ष उमेर भएका जो भेट हुने पालको सेवामा लागेका थिए तिनीहरूको गन्ती भएको थियो अनि तिनीहरूलाई भेट हुने पालमा विशेष सेवाको निम्ति खटाइएको थियो। 44 मेरारी परिवार समूहमा 3,200 मानिसहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए। 45 यसर्थ यी मरारी परिवार समुहका मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ती खटाइयो। मोशा र हारूनले मोशालाई परमप्रभुले भन्नुभए अनुसार गरे।
46 यसर्थ, मोशा, हारून र इस्राएली मानिसहरूका नायकहरूले लेवी मानिसहरूका प्रत्येक वंश र प्रत्येक परिवार समूहको मानिसहरूको गन्ती गरे। 47 तीसदेखि पचास बर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे। 48 तिनीहरूको कुल संख्या 8,480 थियो। 49 परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।
शुद्धता विषय नियम
5 परमप्रभुले मोशालाई भन्नुभयो, 2 “इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिक धर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ। 3 म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।”
4 यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।
ख्रीष्ट येशूको स्वामी भक्त रक्षक
2 तिमोथी! तिमी मेरो छोरो जस्तो हौ। ख्रीष्ट येशूमा भएको हाम्रो अनुग्रहमा दृढ बन। 2 मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ। 3 हाम्रो दुःखको भागीदार बन। ख्रीष्ट येशूको साँच्चो सिपाहीले जस्तो दुःखलाई स्वीकार गर। 4 सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन। 5 यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्नकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ। 6 किसान जसले कठिन परिश्रम गर्छ ऊ नै आफूले उमारेको अन्नको पहिलो अधिकारी हुनुपर्छ। 7 मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमीलाई यी सब बुझ्ने सामर्थ्य दिनुहुने छ।
© 2004, 2010 Bible League International