Revised Common Lectionary (Complementary)
146 परमप्रभुको प्रशंसा गरौं!
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर!
2 जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु
जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
3 साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर।
किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।
4 मानिसहरू मर्दछन् र गाडिन्छन्,
अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।
5 तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।
ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
6 परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो।
परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो।
परमप्रभुले तिनीहरूलाई सधैँ रक्षा गर्नुहुन्छ।
7 दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ।
परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो।
कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
8 परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो।
परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो सङ्कटमा परेका छन्।
परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
9 परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ।
परमप्रभुले विधवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
10 परमप्रभुले सधैँको निम्ति राज्य गर्नुहुनेछ
हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ।
परमप्रभुको प्रशंसा गरौं!
3 एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे बर्षा जस्तै हो, जसले अन्न बालि को विनाश गर्छ।
4 जसले व्यवस्थाको विधान त्यगि दिन्छ उसले दुष्टको प्रशंसा गर्छ तर जसले व्यवस्थाको पालन गर्छ। त्यसले तिनीहरूको विरोध गर्छ।
5 दुष्ट मानिसले न्याय के हो बुझ्दैन, तर जुन मानिसले परमप्रभुलाई खोज्छ उसले बुझेको हुन्छ।
6 ईमान्दार भई गरीब हुनु राम्रो हो, धनी भई दुष्ट हुनु राम्रो होइन।
7 जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका घिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ।
8 जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीव मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ।
9 यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ, परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ।
10 धर्मी मानिसहरूलाई पथभ्रष्ट बनाउन खोज्ने मानिस आफ्नै पासोमा पर्छ तर निर्दोष मानिसहरूले असल कुराहरू आर्जन गर्छन्।
मृत्युदेखि जीवन
2 बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो। 2 हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ। 3 गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ।
4 तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ। 5 हाम्रो पापहरूको कारणले हामी आत्मिक रूपले मृत थियौं। तर परमेश्वरले हामीलाई ख्रीष्टसित नयाँ जीवन दिनुभयो। हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। 6 अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामी ख्रीष्ट येशूमा सम्मिलित भएकोले हो। 7 भविष्यमा आउने सबैसन्तानलाई आफ्नो अनुग्रह कति सम्पन्न छ भन्ने अगाध सम्पत्ति देखाउनलाई परमेश्वरले यसो गर्नु भएको छ। ख्रीष्ट येशूमा हुने हामीहरू प्रति दयावान बनेर परमेश्वरले त्यो अनुग्रह देखाउँनु हुन्छ।
8 तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैंले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो। 9 तिमीहरू आफ्नो काम-कुराले बाँचेका हुँदै होइनौ। यसैले कसैले यसको गर्व गर्न सक्दैनौं। 10 हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।
© 2004, 2010 Bible League International