Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
आमोस 8:4-7

इस्राएलका व्यपारिहरू केवल पैसाको पछि लागिरहन मन पराउँछन्

सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्।
    तिमीहरूले यस देशको गरीबहरू नष्ट पार्न चाहन्छौ।
हे व्यापारिहरू हो! तिमीहरू भन्दछौ,
    “औंसी कहिले बित्छ,
ता कि हामी गहुँ बेच्न सक्छौं।
    कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने?
तब हामीले खोटो तराजु प्रयोग गरेर ठग्न सक्छौं,
    र हाम्रा ग्राहकहरूलाई धोका दिन सक्छौ।
तिमीले आफैंलाई भन्छौ,
    ‘हामीले गरीबलाई चाँदीले किन्छौं
अनि दरिद्रलाई एक जोडी जुत्ताले किन्छौं।
    हामी सडेको गहुँ पनि बेच्छौं।’”

परमप्रभुले “याकूब गर्व” नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो:

“म उसको कर्म कदापि भुल्ने छैन।

भजनसंग्रह 113

113 परमप्रभुको प्रशंसा गर!

परमप्रभुका दासहरू उहाँको प्रशंसा गर!
    परमप्रभुको नाउँको प्रशंसा गर।
परमप्रभुको नाउँ अहिले
    र सदा-सर्वदालाई धन्य बनी रहोस्।
परमप्रभुको नाउँको प्रशंसा
    पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।
    उहाँको महिमा माथि स्वर्ग सम्म जान्छ।
कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
    परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।
    उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।
    परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।
    परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
एउटी स्त्रीको नानीहरू नहुन सक्लान
    तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!

परमप्रभुको प्रशंसा गर!

1 तिमोथी 2:1-7

पुरूष र स्त्रीहरूको लागि नियमहरू

प्रथमतः म तिमीलाई सबैकोलागि प्रार्थना गर भनेर निवेदन गर्छु। परमेश्वरसित सबैको बारेमा कुरा गर। मानिसहरूलाई चाहिएको कुरो उहाँसित माग र उहाँलाई धन्यवाद चढाऊ। राजाहरू अनि उनीहरू सबैकोलागी जो अधिकार-सम्पन्न छन्, प्रार्थना गर जसमा कि हामी शान्तिसित अनि कुनै वाधाबिना जिउन पाऊँ जसमा कि हामी हरेक प्रकारले परमेश्वरको आराधना गर्न सकुँ अनि उहाँ प्रति सम्मान देखाउन पाऊँ। यही राम्रो हुन्छ र यसले हाम्रा उद्धारकर्त्ता परमेश्वर प्रसन्न हुनुहन्छ।

परमेश्वर सबैको उद्धार भएको चाहनुहुन्छ अनि उहाँ यो पनि चाहनुहुन्छ कि यो सत्यलाई सबैले जानुन्। परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशू ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ। सबै मानिसहरूको पापहरूको मूल्य चुकाउनु येशूले स्वयंलाई बलिदान गर्नु भयो। येशू प्रमाण हुनुहुन्छ कि सबैको उद्धार होस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि उहाँ ठीक समयमा आउनुभयो। त्यसैले सुसमाचार भन्न म एक प्रेरितको रूपमा छानिएकोछु। म सत्य बोल्दैछु, मैले झूटो बोलेको छैनँ। म अयहूदीहरूको निम्ति एक शिक्षकको रूपमा छानिएँ। म तिनीहरूलाई विश्वास गर्नु अनि सत्यको अनुशरण गर्नु सिकाउँछु।

लूका 16:1-13

असल सम्पत्तिन

16 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो। यसकारण तिनले त्यो भण्डारेलाई बोलाए अनि भने, ‘मैले तिम्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ- पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।’

“त्यसपछि त्यो भण्डारेले आफैं सोच्न लाग्यो, ‘मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ। म जान्दछु मैले के गर्नु पर्छ ताकि जब मैले मेरो काम गुमाउँछु, अरू मानिसहरूले मलाई तिनीहरूको घरमा बोलाउने छन्।’

“यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ।’ त्यो भण्डारीले त्यसलाई भन्यो, ‘यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुइहजार किलोग्राम लेख।’

“त्यसपछि भण्डारीले अर्को मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नुपर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई एक सय बस्ता गहूँ दिनुपर्छ। तब त्यो भण्डारीले भन्यो, यहाँ तिम्रो सूची छ। यसलाई घटाऊ अनि अस्सी बस्ता लेख।’

“पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा गरे किनभने उसले चलाकी साथ काम गर्यो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।

“म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ। 10 यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरूमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ। 11 यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिंदैन, तिमीहरूलाई कसरी साँच्चो सम्पत्तिको लागि विश्वास गरिन्छ 12 यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ?

13 “एकै समयमा एउटा नोकरले दुइजना मालिकको सेवा गर्न सक्तैन। त्यो नोकरले एकजना मालिकलाई घृणा गर्छ अनि अर्कोलाई प्रेम गर्छ, अथवा त्यो एकजनाको भक्त हुन्छ भने अर्कोलाई मन पराउँदैन। एकै समयमा तिमीहरूले परमेश्वर र सम्पत्तिको सेवा गर्न सक्तैनौ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International