Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 73

तेस्रो भाग

(भजनसंग्रह 73–89)

आसापको स्तुति-गान।

73 साँच्चै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ।
    परमेश्वर ती मानिसहरूका निम्ति राम्रो हुनुहुन्छ जसको हृदय शुद्ध छ।
म प्रायः चिप्लिएँ र नियन्त्रण हराएँ।
    म प्रायः चुकें अनि पाप गर्न थालें।
मैले दुष्ट मानिसहरू सफल भएको देखें।
    म ती अहंकारी मानिसहरू देखि इर्ष्यालु भएँ।
ती मानिसहरू ह्रिष्टपुष्ट छन्।
    तिनीहरूलाई बाँच्नको लागि सङ्घर्ष गर्नु पर्दैन।
ती दुष्ट मानिसहरू हामी जस्तो पीडित हुँदैनन्।
    अन्य मानिसहरू जस्ता तिनीहरू सङ्कटमा छैनन्।
यसैले तिनीहरू अंहकारी र घृणित मानिसहरू हुन्।
    तिनीहरूले लगाएका बहुमूल्य गर-गहनाहरू र आर्कषक पोषाकहरू जस्तै देखिन्छन्।
यदि ती मानिसहरू केही अरू थोक जस्तो देखिएको भए,
तिनीहरू जान्छन् र लिन्छन्,
    तिनीहरूले जे चाहे पनि गर्दछन्।
तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन्,
तिनीहरू घमण्डी र हठी खालका छन्
    अनि तिनीहरूले सधैँ नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।
ती अहंकारीहरू आफूलाई देवता मान्दछन्।
    तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्।
10 यसर्थ परमेश्वरका मानिसहरू पनि उनीहरू तिर फर्किए,
    र तिनीहरूले जे भने तिनीहरूको निम्ति त्यही कुराहरू गरे।
11 ती दुष्ट मानिसहरू भन्छन, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्!
    सर्वोच्च परमेश्वरले जान्दैनन्।”

12 ती घमण्डी मानिसहरू दुष्ट छन्,
    तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्।
13 यसैले मैले मात्र हृदय किन शुद्ध पार्नु?
    किन मैले मेरो हातहरू धोई सफा राख्नु।
14 हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु
    अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।

15 हे परमेश्वर, म यस विषयमा अरूहरूसँग कुरा गर्नु चाहुन्छु।
    तर म बुझ्छु कि म तपाईंका मानिसहरूलाई विश्वासघात गरिरहेको हुन्छु।
16 मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरें।
    तर ती सबै मेरो लागि एकदम कठिन थिए।
17 जबसम्म म परमेश्वरको मन्दिरमा गईनँ,
    तब सम्म मैले तिनीहरूको आखिरी विचार जानिनँ।
18 परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ।
    सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।
19 सङ्कट अचानक आउन सक्छ,
    तब ती अंहकारीहरू नष्ट-विनिष्ट हुन सक्छन्।
भयानक कुराहरू तिनीहरूमा घट्न सक्छन्
    अनि तिनीहरू समाप्त हुन्छन्।
20 हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्,
    हामी जाग्ने बित्तिकै तिनीहरू अल्पिन्छन्।
हाम्रो सपनाका राक्षसहरू जस्ता
    तपाईंले तिनीहरूलाई विलुप्त पारी दिनु हुनेछ।

21-22 म अज्ञानी थिएँ।
    मैले धनी र दुष्ट मानिसहरूको बारेमा सोचेर व्यार्थै खिन्न भएँ।
हे परमेश्वर! म तपाईंसित शोकाकुल र क्रोधित थिएँ।
    मैले एउटा लठुवा र अज्ञात पशुले जस्तो व्यवहार गरें।
23 म सधैँ नै तपाईंसँग साथमा छु।
    हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ।
24 हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ।
    त्यस पश्चात् महिमा तर्फ मलाई अगुवाई गर्नु हुन्छ।
25 हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु।
    अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ।
26 मेरो तन र मन नष्ट हुन सक्छ,
    तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु।
    मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ!
27 हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ।
    तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।
28 म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो।
    मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ।
    परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।

आमोस 7:1-6

दर्शनमा सलह

परमप्रभुले मलाई यो दर्शन देखाउनु भयो। यस दर्शनमा राजाको अंश अन्न भित्र लगिए पछि नयाँ अन्न उब्जँदै गरेकोमा उहाँले सलहहरू बनाउँदै गरेको मैलेदेखें। सलह ले देशको सारा घाँसहरू खायो। त्यसपछि मैले भनें, “मेरा स्वामी परमप्रभु, म बिन्तीगर्छु, हामीलाई क्षमा गर्नुहोस्! याकूब बाँच्न सक्दैन। त्यो अत्यन्तै सानो छ।”

त्यसपछि परमप्रभुले यसको विषयमा आफ्नो बिचार बदल्नु भयो। परमप्रभुले भन्नुभयो, “यस्तो हुनेछैन।”

आगोमा दर्शन

मेरा स्वामी परमप्रभुले मलाई उहाँको भयानक न्याय, परेको पानी पोखिए जस्तै देखाउनुयो। आगोले बिशाल समुद्र जलायो आगोले जमीन नष्ट पारिदियो। तब मैले भने, “हे परमप्रभु परमेश्वर म तपाईं सित बिन्ती गर्दछु याकूब बाँच्नसक्दैन, त्यो एकदै सानो छ।”

त्यपछि यसको बिषयमा परमप्रभुले बिचार बदल्नु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “यस्तो हुनेछैन।”

1 तिमोथी 1:18-20

18 तिमोथी, तिमी मेरा पुत्र जस्तो हौ। म तिमीलाई यो आज्ञा दिंदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्यै भनिएको थियो। म तिमीलाई यो भन्दछु कि तिमी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड। 19 विश्वास राखिराख र जे उचित छ भनि तिमी जान्दछौ त्यो गर। कति व्यक्तिले यसलाई अनुशरण गरेनन् अनि तिनीहरूको विश्वास नष्ट भयो। 20 हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरूद्धमा बोल्नु नहुनेरहेछ भन्ने पाठ सिकुन् भनेर मैले ती दुइलाई शैतानको हातमा सुम्पिदिएँ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International