Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 51:1-10

प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन। बतशेबासँग दाऊदले पाप गरेपछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदले यो भजन लेखेका हुन्।

51 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,
    किनभने तपाईंको दयालु कृपा-दृष्टिले,
तपाईंको महान् अनुग्रहले
    मेरा सारा पापहरू मेटाई दिनुहोस्।
परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।
    मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।
म जान्दछु मैले पाप गरें।
    म सधैँ ती पापहरू देख्दछु।
हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।
    परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें
म ती गल्तीहरू स्वीकार गर्दछु,
    ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ।
    तपाईंको निर्णयहरू निष्कपट छन्।
पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्
    अनि म पापमा नै जन्मेको थिएँ।
हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
    यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
विधिपूर्वक हिसप झारले[a] मस्काएर मलाई शुद्ध पार्नुहोस्।
    जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
मलाई खुशी पार्नुहोस्।
बताउनुहोस् फेरि खुशी कसरी हुनु।
    तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्।
मेरो पापहरू तपाईं नहेर्नु होस्!
    ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!
    मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।

उत्पत्ति 7:6-10

जब पृथ्वीमा प्रलय आयो नूह 600 बर्ष पुगेका थिए प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे। 8-9 तब प्राणीहरू, नर र नारी, जोडी नूहकहाँ जहाजमा आए। परमेश्वरले आज्ञा गर्नु भए अनुसार धर्तीमा सबै स्वच्छ, अस्वच्छ प्राणीहरू तथा घस्रिने प्राणीहरू आए। 10 अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो।

उत्पत्ति 8:1-5

जल प्रलयको अन्त

नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरू थिए, तिनीहरूलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।

आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोड्यो। त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150 दिन पुगेपछि पानी घटेको थियो अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो। यसरी पानी दशौं महीना नपुगुन्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरू देखिए।

2 पत्रुस 2:1-10

झूटा शिक्षकहरू

विगत समयमा झूटा अगमवक्ताहरू परमेश्वरका मानिसहरूको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरू तिमीहरूको समूहमा रहन्छन्। तिनीहरूले झूटा शिक्षाहरू दिन्छन्, ती शिक्षाहरूले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरूले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरूकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरू स्वयंलाई चाँडै ध्वंश पार्नेछन्। धेरै मानिसहरू तिनीहरूले गरेका नराम्रा कुराहरू अनुशरण गर्छन्। तिनीहरूले गर्दा सत्य मार्गलाई अरू मानिसहरूले आलोचना गर्छन्। ती झूटा शिक्षकहरूले तिमीहरूबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरूले तिमीहरूलाई झूटा कथाहरू भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरूको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरूलाई ध्वंश पार्नु हुनेछ तिनीहरू उम्कन पाउने छैनन्।

जब स्वर्गदूतहरूले पाप गरे तिनीहरूलाई दण्डविहीन जान दिइएन। अँहँ! परमेश्वरले तिनीहरूलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरूलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरूलाई न्याय नगरुन्जेल त्यहीं राख्नेछन् अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरूले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरूलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरूलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे। अनि परमेश्वरले दुष्ट नगरहरू सदोम अनि गमोरालाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरूलाई खरानीमा परिवर्तन नहुन्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरूलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरूमाथि उदाहरण स्वरुप उपयोग गर्नुभयो। तर परमेश्वरले ती नगरहरूबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरूको फोहोर जीवनको कारण तिनले कष्ट पाए। लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरूसँग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरूमा दु:खी भएको थियो। हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरूलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरूलाई कसरी अड्काउनु पर्छ। 10 जो मानिसहरू तिनीहरूको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरू जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरूलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ।

यी झूटा शिक्षकहरू आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरू स्वयं गर्व गर्छन्। तिनीहरू महिमामय स्वर्गदूतहरूको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International