Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 119:65-72

तेथ्

65 परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो।
    तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो।
66 हे परमप्रभु, ज्ञानी निर्णयहरू लिन मलाई बुद्धि दिनुहोस्।
    म तपाईंको आज्ञाहरूमा भरोसा राख्छु।
67 म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ
    तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु।
68 परमेश्वर तपाईं भलो हुनुहुन्छ, र तपाईंले असल कामहरू गर्नुहुन्छ।
    मलाई तपाईंको नियमहरू सिकाउनु होस्।
69 मानिसहरू ज-जसले आफूलाई म भन्दा उत्तम ठान्दछ तर तिनीहरूले मेरो बारेमा झूटा कुराहरू गर्छन्।
    तर परमप्रभु मेरो सम्पूर्ण हृदय सहित म तपाईंको आज्ञाहरू लगातार पालन गर्छु।
70 ती मानिसहरू अत्यन्त मूर्ख छन्।
    तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु।
71 मेरो निम्ति वेदना उत्तम थियो।
    मैले तपाईंको नियमहरू सिकें।
72 हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्।
    तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरू भन्दा उत्तम छन्।

यशैया 2:12-17

12 परमप्रभुसँग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्। 13 ती घमण्डीहरू लबानोनका देवदारूको अग्ला रूखहरू जस्ता हुन्। तिनीहरू बाशानका फलाँट जस्ता हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। 14 ती घमण्डी मानिसहरू अग्ला पर्वतहरू र उच्च पहाडहरू जस्ता हुन्। 15 ती घमण्डी मानिसहरू अल्गो धरहरा र दरिलो पर्खालहरू जस्तै हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुने छ। 16 ती घमण्डीहरू तर्शीशको विशाल जहाजहरू जस्तै हुन्। ती जहाजहरू बहुमूल्य सामानहरूले भरिएको छन्। तथापि परमेश्वरले ती घमण्डी मानिसहरूलाई दण्ड दिनु हुनेछ।

17 तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ।

तीतस 1:1-9

परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ। त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन। ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।

तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँच्चो छोरा हौ।

पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।

क्रेटमा तितसको काम

मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडें। धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटा-केटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन। धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झट्ट रिसाउने हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगड़ालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन। धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ। धर्म-गुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International