Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 103:1-8

दाऊदको भजन।

103 मेरो आत्मा, परमप्रभुको प्रशंसा गर!
    प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।
हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर
    अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ।
    उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।
परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ
    अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।
परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ।
    उहाँले हाम्रो जवानीलाई
    गरूड़ जस्तो नयाँ तुल्याउनुहुन्छा।
परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ,
    जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।
परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो।
    परमेश्वरले उहाँको शक्तिशाली कामहरू इस्राएल का मानिसहरूलाई देखाउनु भयो।
परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ।
    परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।

नहेम्याह 13:15-22

15 त्यसबेला मैले मानिसहरूलाई यहूदामा विश्राम-दिनमा दाखरस पेल्ने काम गरिरहेको देखें। अनि अन्नका राश ल्याएका अनि त्यसलाई गधाहरू माथि लदाएको साथै दाखरस, दाख, नेभारा अनि सबै किसिमका भारी लदाएको अनि यी सबैलाई विश्राम-दिनमा यरूशलेममा ल्याएको देखें। अनि मैले तिनीहरूलाई भोजन बेच्दा चेतावनी दिएँ।

16 यरूशलेम अथवा यहूदा छेउमा बस्ने सोरका मानिसहरूले बेच्नका निम्ति माछा अनि सबै किसिमका वस्तुहरू ल्याइरहेका थिए। विश्राम-दिनमा यहूदा अनि यरूशलेमका मानिसहरूलाई ती बेचिरहेका थिए। 17 तब मैले यहूदाका मुख्य मानिसहरूलाई हप्काएँ। अनि मैले तिनीहरूलाई भने, “यो के दुष्कर्म तिनीहरू गरिरहे छौ विश्राम-दिनलाई अपवित्र तुल्याउँछौ? 18 तिमीहरूका पुर्खाहरूले यसै गरेको हुँदा हाम्रा परमेश्वरले हामीमाथि अनि यो शहर माथि यी सबै विपद् ल्याउनु भएको होइन र? तर तिमीहरूले विश्रामलाई अपवित्र तुल्याएर। इस्राएल माथि अझ अधिक क्रोध ल्याउँदैछौ?”

19 जब शबाथको अघि यरूशलेमको द्वारमा अन्धकार हुँदै थियो। मैले ढोका बन्द गर्ने आदेश दिएँ। विश्राम नसिद्धिए सम्म ती ढोका नखोल्ने आदेश दिएँ। अनि मैले ढोकाहरूमा मेरा केही मानिसहरूलाई बसाएँ, जसद्वारा विश्राम दिनमा कुनै पनि भारीहरू शहरमा पस्न नपाओस्।

20 एक वा दुइपल्ट सबै थरिका व्यापारी अनि बिक्रेताहरूले यरूशलेम बाहिर रात बिताए। 21 तिमीहरू पर्खालको अघि किन रात बिताउँदैछौ? “तिमीहरूले फेरी यसो गर्यौ भनें म तिमीहरू माथि बल प्रयोग गर्ने छु।” भनी तिनीहरूलाई चेतावनी दिएँ। त्यसबेला देखि तिनीहरू विश्राम-दिनमा आएनन्।

22 त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भनें।

हे मेरा परमेश्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्।

लूका 6:1-5

विश्रामको दिनको येशूनै प्रभु

(मत्ती 12:1-8; मर्कूस 2:23-28)

एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए। कोही फरिसीहरूले भने, “तिमीहरू किन त्यसो गर्दैंछौ? विश्रामको दिनमा यसो गर्नु मोशाको व्यवस्थाको विरुद्ध हो?”

येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब केगरेका थिए? दाऊद परमेश्वरको मन्दिरमा गए अनि तिनले परमेश्वरलाई चढाएको रोटी लिए अनि खाए। अनि तिनले रोटीहरू आफूसँग हुने मानिसहरूलाई बाँडे। वास्तवमा यो मोशाको व्यवस्था विरुद्ध थियो। व्यवस्था अनुसार केवल पूजाहारीरूलाई मात्र यस्तो रोटी खाने अनुमति छ।” अनि येशूले फरिसीहरूलाई भन्नुभयो, “मानिसका पुत्र नै विश्राम दिनको प्रभु हुन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International