Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 32

दाऊदको मस्किल भन्ने भजन।

32 त्यो मानिस खुशी हुन्छ,
    जसका पापहरू क्षमा गरिएका छन्।
    त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
त्यो मानिस खुशी हुन्छ,
    जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
    त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।

परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
    तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
    जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
    म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।

तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
    परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
    अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
    तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
    तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
    यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
    र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
    म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
    ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
    तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
    जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।

यर्मिया 23:30-40

30 “यसर्थ म झूटा अगमवक्ताहरूको विरूद्धमा छु।” यो सन्देश परमप्रभुको हो “ती अगमवक्ताहरूले मेरा शब्दहरू एका-अर्काबाट चोरिरहेका छन्। 31 म झूटो अगमवक्ताहरूको विरूद्ध छु।” यो सन्देश परमप्रभुको हो, “तिनीहरूले आफ्नै शब्दहरू चलाउँछन् र मेरोबाट आएको सन्देश भनेर बाहना गर्दछन्। 32 म झूटा अगमवक्ताहरूका विरूद्ध छु जसले झूटो सपनाहरू प्रचार गर्छन्।” यो परमप्रभुको सन्देश हो। “तिनीहरूले मेरा मानिसहरूलाई झूटो शिक्षा दिदैं कुबाटो तिर लैजादैछन्। न त मैले तिनीहरूलाई पठाएँ न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।” यो परमप्रभुको सन्देश हो।

परमेश्वरबाट उदास सन्देश

33 “यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के-के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गह्रौं बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।’ यो परमप्रभुको सन्देश हो।

34 “यदि अगमवक्ता अथवा पूजाहारी अथवा कुनै मानिसले परमप्रभुको बोझ विषयमा कुरा गर्छ भने, ‘म उसका परिवार र उसलाई सजाय दिनेछु।’ 35 यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो’? 36 तर तिमीले फेरि ‘परमप्रभुको बोझ’ भन्ने छैनौ किनभने ‘बोझ’ प्रत्येकको आफ्नै शब्द बनिएको हो। तर तिनीहरूलाई भन, ‘तिनीहरूले जीवित परमेश्वर, सेनाहरूका परमप्रभु हाम्रा परमेश्वरको वचन बङग्याएको छौ।’

37 “यदि परमप्रभुको सन्देश तिमी सिक्न चाहन्छौ भने, अगमवक्तालाई सोध, ‘परमप्रभुले तिमीलाई के जवाफ दिनु भयो?’ अथवा ‘परमप्रभुले के भन्नुभयो?’ 38 तर तिमीले नभन परमप्रभुबाट के भारी बोझ थियो। यदि तिमीले यो शब्द प्रयोग गर्यौ भने परमप्रभुले तिमीलाई यी शब्दहरू भन्नु हुनेछ ‘तिमीले मेरो वचनलाई परमप्रभुको भारी नभन्नु पर्थ्यो। मैले तिमीलाई यो शब्द नभन्नु भनें। 39 मैले तिमीहरू र तिम्रा पिता-पुर्खाहरूलाई दिएको शहर र तिमीलाई माथि उचालेर म देखि पर फ्याँक्ने छु। 40 म तिनीहरूमाथि सदा-सर्वदा रहने लाज ल्याउनेछु। आफ्नो बेइज्जिती तिमीहरू कहिल्यै भुल्ने छैनौं।’”

1 यूहन्ना 4:1-6

झूटा शिक्षकहरूको विरुद्ध यूहन्नाको चेतावनी

मेरा प्रिय मित्रहरू, अनेक झूटा अगमवक्ताहरू अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरूलाई जाँच्ने गर कि तिनीहरू परमेश्वरबाट आएका हुन् वा होइनन्। परमेश्वरको आत्मा तिमीहरू कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरूले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो ऊ परमेश्वरबाट हो।” अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरूले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदैछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ।

मेरा प्रिय बालकहरू, तिमीहरू परमेश्वरका हौ। यसर्थ तिमीहरूले झूटो शिक्षकहरूलाई परास्त गरेका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ। अनि ती झूटो शिक्षकहरू संसारका हुन्। यसैले तिनीहरूको शिक्षा पनि संसारकै हो। अनि तिनीहरू जे भन्छन् संसारले सुन्छ। तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झूटो हो चिन्छौं।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International