Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
49 तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन।
पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
2 प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।
3 म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु।
मेरो विचारले तिमीहरूलाई बुझ्न सहायता गर्नेछ।
4 मैले स्वयंले ती कथाहरू सुनें
अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।
5 कष्ट आउँछ भनेर म किन डराउनु?
यदि दुष्ट-मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।
6 कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ।
तर ती मानिसहरू मूर्खहरू हुन्।
7 कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन,
अनि तिमीले परमेश्वरलाई घूस[a] दिन सक्तैनौ।
8 कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन
जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।
9 कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन
जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्,
अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्।
10 हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी[b] मर्छन्।
तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।
11 चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ।
तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!
12 मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैँका लागि बाँच्न सक्तैनन्।
तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।
—6—
23 यदि तिमी कुनै अधिकृतसित भोजनमा बसेको छौ भने याद राख तिमी कसको अघि छौ। 2 तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ। 3 उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोऊ किनभने उसको भोजन छलपूर्ण हुन्छ।[a]
—7—
4 धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर। 5 धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पखेंटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।
—8—
6 एउटा कन्जूस मानिस सित भोजन नखाऊ। उसको घरमा पकाएको स्वादिलो भोजनको इच्छा नगर। 7 त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन। 8 तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्।
—9—
9 मूर्खले तिम्रा ज्ञानी वचनहरूलाई घृणा गर्छ, मूर्खसित कुरा नगर।
—10—
10 जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर। 11 किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लड्नु हुन्छ।
परमेश्वरको प्रशंसा गर
33 हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन। 34 जस्तो धर्मशास्त्रमा लेखिएको छः
“परमप्रभुको मन कसले जान्दछ?
उहाँलाई सल्लाह कसले दिनसक्छ?”(A)
35 “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ?
ता कि बद्लिमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।”(B)
36 हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।
© 2004, 2010 Bible League International