Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 55:16-23

16 म सहयोगको लागि परमेश्वरलाई पुकार्ने छु,
    अनि परमप्रभुले मलाई जवाफ दिनु हुनेछ।
17 म परमेश्वरसँग बिहान, दिउँसो र बेलुकी कुरा गर्दछु।
    मेरो अस्तव्यस्त उहाँलाई बताउँछु।
    अनि उहाँले मेरो कुरा सुन्नु हुन्छ!
18 मैले धेरै युद्धहरू लडी सकेको छु।
    तर परमेश्वरले मलाई सधैँ बचाउनु भएको छ साथै सकुशल फर्काउनु भएको छ।
19 परमेश्वरले मेरा कुरा सुन्नु हुनेछ।
    सदा-सर्वदा रहने राजाले मलाई साथ दिनुहुनेछ।

मेरा शत्रुहरूले आफ्नो जीवन शैली सुधार्ने छैनन्।
    तिनीहरू डराउँदैनन् र परमेश्वरलाई आदर गर्दैनन्।
20 मेरा शत्रुहरूले आफ्नै मित्रहरूमाथि पनि आक्रमण गर्छन्।
    तिनीहरूले सबै सहमत भएको कामहरू गर्दैनन्।
21 मेरा शत्रुहरू वास्तवमा चिप्लो घस्नेहरू हुन्,
    तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्।
तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ,
    तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।

22 तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ
    अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ।
    परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।

23 हे परमेश्वर तपाईंको करार अनुसार,
    ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ,
मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।

एस्तर 7:7-8:17

अनि राजा क्रोधले उठे तिनी दाखरस छाडेर भोजबाट राजमहलको वाटीकामा गए। अनि हामान रानीसँग आफ्नो प्राणको भिक्षा माग्न उभिए, किनभने तिनले सोचे राजाको दण्ड ठूलो हुनेछ। तब राजा बगैंचाबाट भोजन कोठामा फर्किदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाएर भने, “म घरमा भएकै बेलामा तैंले रानीलाई आक्रमण गरिरहेछस्।”

जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए। तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दकैको निम्ति हामानले बनाएको 75 फीट अग्लो फाँसी हामानको छत्‌मा खडा छ।”

राजाले भने, “त्यसलाई त्यो फाँसीमा भुण्डयाऊ।”

10 यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

यहूदी जातीलाई सहायता गर्ने राजाको आदेश

त्यस समयमा राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूको शत्रु हामानको घर प्रदान गरे। अनि मोर्दकै राजाको समक्ष गए किनभने एस्तरले राजालाई मोर्दकैसित उसको के सम्बन्ध थियो बताएकी थिई। (सम्बन्धको अर्थ मोर्दकैले एस्तरलाई धर्म पुत्री रूपमा स्वीकार गरेको थियो।) तब राजाले औंठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दकैलाई दिए। तब एस्तरले मोर्दकैलाई हामानको घरको जिम्मा दिइन्।

अनि एस्तरले राजाको पाउमा झुकेर रूँदै भनिन् अगागी हामानको कुआदेश हटाइदिन राजासँग अनुरोध गरिन् हामानले जो षड्‌यन्त्र यहूदीहरूको विरूद्ध रचेका थिए।

अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइन्। र तिनले भनिन्, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्‌यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस् ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यहूदीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए। किनभने यदि मैले मेरा मानिसहरूले भोग्नु पर्ने त्यो यातना देख्नु पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देख्नु पर्यो भने कसरी सहनु?”

अनि राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झुण्डयाएकाछन्। हामानले यहूदीहरूलाई मार्ने प्रयास गरेका थिए। अब राजाको अधिकारद्वारा यहूदीहरूको सम्बन्धमा तिमीहरूलाई जे असललाग्छ, तिमीहरू त्यो लेख। त्यसपछि त्यसलाई राजाको औठी द्वारा लाल मोहर लगाई बन्द गर। अनि राजाको नाउँमा लेखेर राजाको औंठिद्वारा मोहर बन्द गरिएको आदेशलाई उल्टाउन सकिदैन।”

यसर्थ त्यति बेला तेस्रो महिमाको तेइसौं दिन, सिवानी महिनामा राजकिय लेखापालहरूलाई बोलाए अनि मोर्दकैले भारतबर्ष देखि कुरादेश सम्मका 127 प्रान्तका शासक, राज्यपाल तथा न्यायपालहरूलाई दिइएको नयाँ आदेशहरू तिनीहरूको प्रत्येक जातिको लिपि, भाषा अनि यहूदीहरूको आफ्नो भाषा र लिपिमा लेखाईयो। 10 अनि मोर्दकैले राजाको नाउँमा आदेश लेखे र त्यसलाई राजाबाट लाल मोहर लगाई बन्द गरे अनि घोडामा चढाएर पत्रहरू पठाइदिए यिनीहरू राजकिय घोडाहरू थिए।

11 राजाले हरेक शहरमा भएका यहूदीहरूका निम्ति जे अनुमति दिए मोर्दकैले त्यही लेखे।

यहूदीहरूको साथ भेला हुने अनि आफ्नो जीवनको रक्षा गर्ने। जसले तिनीहरूलाई, तिनीहरूका केटा-केटीहरू अनि तिनीहरूका पत्निहरू लाई आक्रमण गर्ने कुनै पनि मानिस वा प्रदेशका कुनै पनि सैनिकलाई नष्टगर्ने, अनि नाम निशान मेटाइदिने अनुमति दिए राजाले तिनीहरूका शत्रुका सामान लुट्ने तिनीहरूलाई अनुमति दिए।

12 राजा अहासूरसका समस्त प्रदेशमा बाह्रौ दिन महीनाको, अदारको महीनाको तेह्रौ यो लागु गरिनु पर्ने थियो। 13 हरेक प्रदेशलाई आदेशको एक-एक प्रति नियमको प्रतिलिपी दिनु पर्ने थियो। मानिसहरूलाई घोषणा गर्नु पर्थ्यो। 14 यसर्थ, त्यसदिन यहूदीहरू आफ्ना शत्रुहरू माथि बद्ला लिनलाई तयार रहनु पर्थ्यो। राज-अश्व सवारहरू राजाको आदेश अनुसार सबै तयार थिए। व्यवस्था पनि शूशनको प्रासाद जिल्लामा प्रकाशित गरियो।

15 मोर्दकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दकै राजाको उपस्थिबाट गए। अनि शूशन शहरका मानिस कराए र खुशी मनाए। 16 यहूदीहरूले त्यहाँ हर्ष आनन्द र अति नै खुशी मनाएका थिए।

17 अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यहूदीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यहूदी हुनथाले किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।

मत्ती 5:43-48

सबैलाई प्रेम गर

(लूका 6:27-28,32-36)

43 “तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर(A) र तिम्रो शत्रुलाई घृणा गर।’ 44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। 45 यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँच्चो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। 46 यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्। 47 अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। 48 यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International