Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 119:97-104

मेम्

97 हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु।
    म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
98 हे परमप्रभु, तपाईंको आज्ञाहरूले मलाई मेरो शत्रुहरूभन्दा बढता ज्ञानी बनाउँदछ।
    तपाईंको नियमहरू मसँग सदैव रहन्छ।
99 म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु,
    किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
100 मेरो समझदार नेताहरूले भन्दा मैले बढ्ता बुझेको छु
    किनभने म तपाईंको आज्ञाहरू राख्दछु।
101 मेरो प्रत्येक पाठशालाहरू
    बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।
102 यसैले तपाईं मेरो गुरू हुनुहुन्छ
    यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।
103 तपाईंका वचनहरू मेरो मुखमा
    मह भन्दा पनि मीठा छन्।
104 तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ,
    यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।

प्रस्थान 18:1-12

मोशालाई उनका ससुराबाट सल्लाह

18 मोशाका ससुरा यित्रो मिद्यानका पूजाहारी थिए। यित्रोले इस्राएली मानिसहरूलाई परमेश्वरले धैरे प्रकारले सघाएको सुन्नुभयो यित्रोले इस्राएली मानिसहरूलाई परमप्रभुले मिश्रबाट बाहिर ल्याएको कुरा पनि सुने। यसर्थ यित्रो मोशा कहाँ गए, यित्रोले मोशाकी पत्नी सिप्पोराहलाई पनि सँगै ल्याए (मोशाले सिप्पोरालाई तिनको घरमा पठाएका थिए) किनभने मोशाले उसलाई घर पठाएका थिए। यित्रोले मोशाका दुइ छोराहरूलाई पनि सँगै ल्याए। जेठो छोरोको नाउँ गेर्शोम थियो कारण जति बेला छोरो जन्मेको थियो, मोशाले भने, “म परदेशमा प्रवासी भइ रहें।” अर्को छोरोको नाउँ एलीएजेर राखियो, किनभने जब ऊ जन्मियो तब मोशाले भने, “मेरो पिता-पुर्खाहरू परमेश्वरले मलाई सहायता गर्नु भयो अनि फिरऊनको तरवारबाट मलाई बचाउनु भयो।” यित्रो मोशा कहाँ गए जब मोशाले परमेश्वरको पर्वतमाथि मरुभूमिमा छाउनी बनाएका थिए। यित्रोसित मोशाकी पत्नी र दुइजना छोराहरू थिए।

यित्रोले मोशाकहाँ समाचार पठाए। यित्रोले भने, “म तिम्रा ससुरा यित्रो हुँ। म तिमी कहाँ तिम्री पत्नी र दुवै छोराहरूलाई लिएर आउँदैछु।”

यसकारण मोशा आफ्नो ससुरालाई भेट्न गए। मोशा उसकोअघि निहुरिए अनि उसलाई चुम्बन गरे। तिनीहरूले एका-अर्काको स्वस्थको बारेमा सोधपुछ गरे। तिनीहरू मोशाको पालमा गए। मोशाले यित्रोलाई प्रत्येक कुरा भने जे परमप्रभुले इस्राएलीहरूको निम्ति फिरऊन र मिश्रलाई गर्नु भएको थियो। मोशाले यित्रोलाई तिनीहरूले यात्रा गर्दा सामना गर्नु परेको स्थितिहरू पनि बताए। परमप्रभुले इस्राएलीहरूलाई सङ्कट घडीमा कसरी बचाउनु भयो त्यो पनि मोशाले आफ्नो ससुरालाई बताए।

परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएका असल कुराहरू सुनेर यित्रो खुशी भए। मिश्र देशीहरूबाट इस्राएलका मानिसहरूलाई परमप्रभुले मुक्त गर्नु भएकोलागि यित्रो आनन्दित थिए। 10 यित्रोले भने,

“परमप्रभुको स्तुति होस!
    उहाँले तिमीहरूलाई मिश्रका मानिसहरूबाट स्वतन्त्र गराउनु भयो।
    परमप्रभुले तिमीहरूलाई फिरऊनबाट बचाउनु भयो।
11 अब म जान्दछु परमप्रभु सबै देवताहरूभन्दा महान् हुनुहुन्छ।
तिनीहरूले सोचे तिनीहरू नियन्त्रणमा थिए,
तर परमप्रभुले के गर्नु भयो?”

12 तब यित्रोले परमेश्वरलाई बलिहरू र भेटी चढाए। तब हारून र इस्राएलका सबै बूढा-प्रधानहरू मोशाका ससुरा यित्रोसित परमेश्वरसँगै भोजन गरे।

कलस्सी 1:27-2:7

27 त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ। 28 यसैले हामी ख्रीष्ट बारे लगातार भनिरहन्छौं। हरेक मानिसलाई सम्झाउनु र हरेकलाई शिक्षा दिन हामी सम्पूर्ण ज्ञानलाई काममा लगाउँछौं ताकि प्रत्येक मानिसलाई ख्रीष्टमा परिक्क बनाई परमेश्वर अघि ल्याउन सकौं। 29 यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संघर्ष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।

तिमीहरूलाई सहायता गर्न म भरमग्दूर कोशिश गर्दैछु भन्ने कुरो जनाउन चाहन्छु। अनि म अरूको साथ साँच्चै लाओडिसियाका मानिसहरूलाई सहायता गर्न प्रगाढ़ कोशिशमा छु जसले मलाई देखेकै छैन। म तिमीहरूलाई दृढ र प्रेमले सँगठित बनाउन चाहन्छु म तिमीहरूलाई दह्रिलो विश्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ। ज्ञान र बुद्धिको सारा भण्डारहरू ख्रीष्टमा गुप्तरूपले राखिएको छ।

म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण तर्कमा मूर्ख बनाउन नसकुन्। म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शुरू गरेको र ख्रीष्टमा दह्रिलो विश्वास राखेको देखेर म आनन्दित छु।

ख्रीष्टमा स्थिर होऊ

तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस। तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International