Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 66:1-9

प्रमुख संगीतकारलाई: प्रशंसाको गीत।

66 पृथ्वीमा भएका प्रत्येकले चिजले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ।
उहाँको नाउँको महिमाको प्रशंसा गर!
    स्तुति-गानहरूले उहाँको सम्मान गर!
उहाँको कार्यहरू कति अद्भूतपूर्ण छन् भन!
    परमेश्वर तपाईंको शक्ति महान् छ।
    तपाईंका शत्रुहरू झुक्छन्।
    तिनीहरू तपाईंसँग डराउँदछन्।
सारा पृथ्वीले तपाईंको उपासना गरून,
    प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।

परमेश्वरले गर्नु भएको कामहरू हेर!
    ती कुराहरूले हामीलाई छक्क पार्छ।
परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो।
    उहाँका सुखी भक्तजनहरूले हिंडेर नदी पार गरे।
    प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ,
    उहाँले मानिसहरूलाई चारैतिर विचार्नु हुन्छ।
    कोही पनि उहाँको विरूद्धमा जान सक्तैनन्।

हे जातिहरू हो! हाम्रा परमेश्वरको गुण-गान गर।
    ठूलो स्वरले उहाँको गुण-गान गर।
मानिसहरूलाई जीवन दिनु भयो।
    अनि हाम्रो रक्षा उहाले गर्नुभयो।

जकरिया 14:10-21

10 त्यससमय यरूशलेमको चारै तिर अराबा समतल जस्तै हुनेछ। गिबाबाट भएर नेगेवमा रिम्मोन जमीनसम्म मरुभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ। 11 तिनीहरू त्यहाँ बस्नेछन् अनि फेरि कहिल्यै पनि नाश हुनेछैन अनि मानिसहरू यरूशलेममा सुरक्षित बस्नेछन्।

12 तर जो कोहि जाति यरूशलेमको बिरूद्धमा युद्ध लडे, परमप्रभुले ती राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूलाई डरलाग्दो बिमारद्वारा आक्रमण गर्नुहुनेछ। तिनीहरू उभिरहेको बेला तिनीहरूको शरीर सड्नेछ। तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनेछ अनि जिब्रो तिनीहरूको मुखमा नै कुहिने छ। 13-15 त्यो भयंकर डरलाग्दो महामारी शत्रुहरूको छाउनीमा हुनेछ अनि तिनीहरूका घोडाहरू, खच्चरहरू, ऊँटहरू र गधाहरूलाई त्यो डरलाग्दो रोग लाग्नेछ।

त्यससमय तिनीहरू साँच्चै नै परमप्रभुसँग डराउँनेछन्, तिनीहरूले एक-अर्काको घाँटी निमोठ्नेछन्, तिनीहरूले एक-अर्कोमाथि प्रहार गर्नको निम्ति हात उठाउँनेछन्। यहूदाका मानिसहरूले यरूशलेममा युद्ध गर्नेछन्। तर तिनीहरूले शहरको चारैतिरका जातिहरूबाट धन प्राप्त गर्नेछन्। उनीहरूले एकदमै ज्यादा सुन, चाँदी अनि लुगा फाटाहरू प्राप्त गर्नेछन्। 16 यरूशलेमको बिरूद्ध युद्धगर्नेहरू जति बाँचेकाछन् तिनीहरूले प्रत्येक बर्ष केही मानिसहरू जो यरूशलेमको बिरूद्ध लड्न आउँनेछन् र बाँच्छन् प्रत्तेक बर्ष राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्न आउँनेछन्। तिनीहरू छप्रो-बासको चाड मनाउँन आउँनेछन्। 17 अनि यदि पृथ्वीका कुनै परिवारका मानिस राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्नको लागि यरूशलेम गएनन् भने परमप्रभुले तिनीहरूलाई बर्षा पनि बन्द गरिदिनु हुनेछ। 18 यदि मिश्रदेशका कुनै पनि परिवारका मानिस छाप्रो-बासको चाड मान्न आएनन् भने तिनीहरू डरलाग्दो रोगको शिकार हुनेछन्, जस्तो परमप्रभुले अरू शत्रु देशहरूलाई लगाई दिनु भएको थियो। 19 मिश्रको निम्ति त्यही दण्ड हुनेछ अनि अरू देशको निम्ति जसले छाप्रो-बासको चाड मनाउँन आउँदैन।

20 त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ। 21 निश्चय, यहूदा अनि यरूशलेमका प्रत्येक भाँडाहरूमा सर्वशक्तिमान परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि प्रत्येक मानिस जसले परमप्रभुको आरधना गर्छ त्यसैले ती भाँडाहरूमा खाना पकाउँने र खाने अधिकार पाउँनेछ।

अनि त्यससमय परमप्रभु परमेश्वको मन्दिरमा चीज-बीजहरू किन-बेच गर्ने कुनै पनि ब्यापारी हुनेछैनन्।

लूका 9:1-6

येशूले बाह्रजना प्रेरितहरूलाई पठाए

(मत्ती 10:5-15; मर्कूस 6:7-13)

येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो। येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो। उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिँड्छौ, साथमा लौरो, खानेकुरा, झोला र रूपियाँ पैसा केही नलैजाऊ। कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस। यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”

त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International