Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
140 हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्,
क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।
2 तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्।
तिनीहरू युद्ध गर्नलाई सधैँ नै तयार हुन्छन्।
3 तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्।
त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो।
4 हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्,
क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस,
तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
5 ती अहङ्कारीहरूले मेरो निम्ति पासो थापे।
तिनीहरूले मलाई पक्रन भनी जाल फिँजाए।
तिनीहरूले मेरो बाटोमा पासो थापे।
6 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
7 हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ।
तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ।
तपाईं मेरो मुकुट सरह हुनुहुन्छ,
जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ।
8 हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्।
तिनीहरूले चाहेका कुराहरू नपाऊन्।
तिमीहरूका योजनाहरू सफल नहोस्।
9 परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्।
ती मानिसहरूले दुष्ट योजना बनाँउछन्।
तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।
10 जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्,
मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस्,
तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस्
ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्।
11 परमप्रभु, ती झूटाहरूलाई बाँच्न नदिनुहोस्।
नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्।
12 म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई,
निष्पक्ष रूपले न्याय गर्नुहुनेछ
परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ।
13 धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु।
सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।
15 तिमीहरूका निम्ति मेरै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्। 16 त्यस समयमा देशमा तिमीहरूको संख्या बढ्नेछ।” यो सन्देश परमेश्वरबाट आएको हो।
“त्यस समयमा, परमेश्वरसित भएको करारको सन्दूक विषयमा चर्चा हुने छैन, तिनीहरूले यस विषयमा सोच्ने छैनन्। अथवा सम्झने छैनन् अथवा उम्काउने छैनन्। अनि तिनीहरूले अर्को सन्दूक बनाउने छैनन्। 17 त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्। 18 ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाटसँगै आउनेछन्। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेंछन्।”
6 मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। 7 तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन। 8 बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच। 9 प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। 10 प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर। 11 अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ। 12 अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो। 13 तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरू उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ। 14 अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः
“जाग, हे निदाएकाहरू हो!
मृत्युबाट उठ,
अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”
15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। 16 हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। 17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। 18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। 19 आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा सँगीत बनाऊ। 20 सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।
© 2004, 2010 Bible League International