Revised Common Lectionary (Complementary)
19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ।
मेरो सहायताको निम्ति आइहाल्नुहोस्।
20 हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्।
मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्।
साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।
22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु।
महासभामा म तपाईंको प्रशंसा गाउने छु।
23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर।
हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ।
हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न।
यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे,
उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।
25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।
ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ!
तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर!
तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्।
27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून्
र उहाँतिर फर्केर आऊन्!
विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
28 किनभने परमप्रभु नै राजा हुनुहुन्छ।
उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
इस्राएलले परमेश्वरलाई पछ्याउँदैन
57 धर्मी मानिसहरू गइसकेकाछन्,
तर यसमा कसैले पनि ध्यान दिएन्।
मानिसहरू बुझ्दैनन के हुँदैछ।
धर्मी मानिसहरू भेला भईरहनेछन्।
मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्।
तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि,
धर्मी मानिसहरू भेला गरिएकोछ।
2 तर ती मानिसहरूमा शान्ति आउनेछ,
अनि तिनीहरू आफ्नौ ओछ्यानमा आराम गर्नेछन्,
किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए।
3 “बोक्सीहरूका छोरा-छोरीहरू, तिमीहरू यता आऊ।
तिम्रो पिता व्यभिचारका दोषी छन्।
अनि तिम्रा आमाले शारीरिक सहवासको निम्ति आफ्नो शरीर बेच्छे।
4 तिमीहरू पापी र झूटो बेच्ने नानीहरू हौ।
तिमीहरूले मसँग ठट्टा गर्यौ।
तिमीहरूले आफ्नो अनुहार मदेखि अर्कोतिर फर्कायो।
तिमीहरूले जिब्रो देखाउँदै मलाई खिसी गर्यौ।
5 तिमीहरू सबै हरियो रूख मुनि
झूटा देवताहरू पूज्न चाहन्छौ।
तिमीहरूले नानीहरूको हत्या गर्छौ अनि प्रत्येक खोलामा
अनि चट्टानै चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ।
6 तिमीहरू नदीहरूमा चिल्लो ढुङ्गाहरू पूज्न मन पराउँछौ।
तिमीहरू दाखमदद्य चढाएर तिनीहरूलाई पूज्छौ।
तिमीहरू तिनीहरूलाई बलि चढाउँछौ।
तर तिमीहरूले ढुङ्गाहरू मात्र पाउँनेछौ।
के तिमीहरू सोच्छौ ती कुराहरूले मलाई खुशी पार्छ? अँहँ!
तिनीहरूले मलाई खुशी पार्दैनन्।
7 तिमीहरू प्रत्तेक पहा़ड,
र अग्ला डाँडाहरूमा आफ्नो ओछ्यान लगाउँछौ।
तिमी प्रत्येक पहाड र अल्गो पर्वतमा जान्छौ,
र ती ठाँहरूमा बलि चढाउँछौ।
8 तब तिमीहरूले ती विछ्यौनाहरू बीचमा जान्छौ,
र ती देवताहरूलाई प्रेम गरेर मेरो विरूद्ध पाप गर्छौ।
तिमीहरूले ती देवताहरूलाई प्रेम गर्छौ,
तिमीहरू तिनीहरूका नाङ्गो शरीरहरू हेरेर खुशी हुन्छौ।
तिमीहरू मसँग थियौ, तर तिनीहरूले मलाई त्याग्यौ,
तिनीहरूका हुनको लागि मलाई सम्झन सहयोग पुर्याउने कुराहरू तिमीहरूले लुकायौ।
तिमीहरूले ती कुराहरू ढोका र चौखटहरू पछाडी लुकायौ।
त्यसपछि तिमीहरू गयौ र ती झूटा देवताहरूसँग करार बाँध्यौ।
9 तिमीहरूले आफ्नो झूटा देवता मोलेक अघि सुन्दर देखिनलाई
आफ्ना तेलहरू र अत्तरहरू प्रयोग गर्यौ।
तिमीहरूले आफ्ना सन्देशवाहकहरू टाढा ठाउँहरूमा पठायौ,
तर तिनीहरू मृत्युको स्थानमा जानेछौ।
10 तिमीहरूले ती कामहरू गर्नलाई पूरा परिश्रम गर्यौ,
अनि कहिल्यै थाकेनौ।
तिमीहरूले अतिरिक्त बल प्राप्त गर्यौ,
किनभने तिमीहरू निराश र थकित भएनौ।
11 तिमीहरूले मलाई सम्झना गरेनौ।
तिमीहरूले मलाई हेर्दा पनि हेरेनौ।
यसकारण तिमीहरू चिन्ता गर्ने को थियौ?
कससँग डराएका थियौ, किन झूट बोल्यौ?
हेर, म लामो समयदेखि चुपचाप छु
अनि तिमीहरूले मलाई सम्मान गरेनौ।
12 म तिमीहरूका असल कार्यहरू बारेमा
अनि सम्पूर्ण धार्मिकताका बारेमा बोल्न सक्थें,
तर ती सबै निरर्थक हुन्छन्।
13 जब तिमीहरूलाई सहायताको खाँचो पर्यो,
तिमीहरूले ती झूटा देवताहरूलाई गुहार मग्यौ,
जुन मूर्तिहरू तिमीहरूले आफ्ना वरिपरि भेला गरेका थियौ।
तिमीहरूलाई त्यही मूर्तिहरूले सघाओस्।
तर म तिमीहरूलाई भन्छु बतासले तिनीहरू सबैलाई उडाई लैजानेछ।
बतासको एक वेगले तिनीहरूलाई उडाई लैजानेछ।
तर त्यो मानिस जो ममाथि आश्रित छ,
त्यसले त्यो जमीन पाउनेछ, त्यो म वचन दिन्छु।
त्यस मानिसले मेरो पवित्र पर्वत पाउनेछ।”
व्यवस्था र वचन
15 दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छुः जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हुन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थप्न नै सक्छ। 16 परमेश्वरले अब्राहाम “र उनका सन्तानलाई” प्रतिज्ञा गरेका थिए। परमेश्वरले “अनि तिम्रा सन्तानहरूलाई” भन्नु भएन, जसको अर्थ एक जना मानिस ख्रीष्ट मात्र हुन्छ। 17 मेरो भन्नुको मतलबः परमेश्वरले करार बनिनु भन्दा धेरै वर्ष अघि नै यो करार अब्राहामसँग गरेका थिए। व्यवस्थात चारसय तीस बर्षपछि मात्र बनिएको हो। यसैले व्यवस्थाले करार रद्द गराउन सक्दैन र अब्राहामलाई परमेश्वरले दिएका प्रतिज्ञालाई बदल्न सक्दैन।
18 करारलाई मान्दा परमेश्वरले गरेको प्रतिज्ञा पाइन्छ र? पाइँदैन। यदि व्यवस्था मान्दा ती वस्तुहरू हामीले पाइने भए त्यो प्रतिज्ञाबाट होइन। तर अब्राहामको पक्षमा आफ्नो प्रतिज्ञाको आधारमा उपहार स्वरूप परमेश्वरले उनलाई आशिष दिनु भयो।
19 त्यसो हो भने व्यवस्था किन आवश्यक पर्यौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउन्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे। 20 तर यो एक पक्षीय भए मध्यस्थ आवश्यक पर्दैन अनि परमेश्वर केवल एउटै हुनु हुन्थ्यो।
मोशाको व्यवस्थाको उद्देश्य
21 के यसले व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं। 22 तर यो साँच्चो होइन, किनकि धर्मशास्त्रले घोषणा गर्छ कि सबै मानिसहरू पापका कैदी हुन्। यसको अर्थ हुन्छ कि मानिसहरूलाई दिइएको प्रतिज्ञा विश्वासद्वारा दिइन्छ। यो येशू ख्रीष्टमा विश्वास राख्ने मानिसहरूलाई दिइएको थियो।
© 2004, 2010 Bible League International