Revised Common Lectionary (Complementary)
दाऊद मन्दिर गइरहेका बेलाको भजन।
124 मलाई जवाफ देऊ इस्राएल,
यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए,
हामी माथि कस्तो घटना घट्ने थियो होला?
2 जब मानिसहरूले हामीलाई आक्रमण गरे
त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?
3 हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए,
जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।
4 हाम्रो शत्रुहरूका सैनिकहरूले
हामीलाई बाढीले बगाए झैं
र नदीले हामीलाई डुबाए झैं पार्ने थिए।
5 ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठ्ने पानी भए
हामीलाई डुबाउने थियो।
6 परमप्रभुको प्रशंसा गर!
हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न।
7 हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं।
जाल फाट्यो अनि हामी मुक्त भयौ!
8 हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ।
परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!
4 ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु,
म सबै मानिसहरूलाई बोलाउँदैछु।
5 तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक।
हे मूर्खहरू हो, बुझ्न सिक।
6 तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्।
जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।
7 मेरा वचनहरू सत्य हुन।
किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।
8 मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन्
अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्।
9 यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन्
अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल छन्।
10 मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्,
अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।
11 ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो।
ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”
ज्ञानले के गर्छ
12 “म ज्ञान हुँ।
अनि म बिवेकसँग बस्छु।
तिमीले मलाई विद्या अनि राम्रो योजनासँग पाउनँ सक्छौ।
13 परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो।
अभिमान, अहंकार, कुटिल व्यवहार
अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।
14 मसँग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ।
मसँग समझशक्ति अनि सामर्थ्य छन्।
15 मेरै सहायतामा राजाहरूले राज गर्छन्,
अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ।
16 राजकुमारहरू, राजकीय मानिसहरू,
निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्।
17 म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन्
अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्।
18 धन दौलत र आदर मसित रहन्छ,
म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।
19 मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन्
औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्।
20 म मानिसहरूलाई सही मार्गमा डोर्याउँछु,
म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याउँछु।
21 मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु,
हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु।
15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। 16 हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। 17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। 18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। 19 आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा सँगीत बनाऊ। 20 सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।
© 2004, 2010 Bible League International