Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 27

दाऊदको भजन।

27 हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ,
    मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ!
    यसैले म कोसैसँग डराउने छैन।
दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्।
    तिनीहरूले मलाई तरवारले काट्न सक्छन्।
मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्,
    अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्।
तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन।
    यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन।
    किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।

परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः
    “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ
    अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”

परमप्रभुले मलाई बचाउँनु हुन्छ।
    जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
    उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
    त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
    म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
    म परमप्रभुको सम्मानमा भजन गाउनेछु।

हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्।
    मलाई जवाफ दिनुहोस्।
    मलाई कृपादान गर्नुहोस्।
हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु।
म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु।
    म तपाईं समक्ष बोल्न आएँ।
हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्,
    मलाई साथ दिनुहोस्।
    मलाई टाढा नधकेल्नुहोस्,
मलाई नत्याग्नु होस्,
    मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
10 मेरो माता-पिताले मलाई छोडी गए।
    तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो।
11 हे परमप्रभु, मेरा शत्रुहरू छन्।
यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्।
    मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
12 मेरा शत्रुहरूले ममाथि आक्रमण गरे।
    मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्।
    परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्।
13 मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
14 परमप्रभुको सहयोगलाई पर्ख,
    बलियो र साहसी होऊ,
    अनि परमप्रभुको सहयोग पर्ख।

उत्पत्ति 14:17-24

17 कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ।

मल्कीसेदेक

18 शालेमका राजा मल्कीसेदेक पनि रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए। 19 मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएर भनेः

“जुन परमेश्वरले पृथ्वी र स्वर्ग बनाउनु भयो,
    सर्वोच्च परमेश्वरले अब्रामलाई आशीर्वाद दिऊन्।
20 अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं।
    परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिमीलाई सहायता गर्नु भयो।”

अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए। 21 तब सदोमका राजाले अब्रामलाई भने, “तिमीले सब चीजहरू आफ्नै निम्ति राख्न सक्छौ। मलाई केवल कैद गरिएका शत्रुहरू फर्काइ देऊ।”

22 तर अब्रामले सदोमका राजालाई भने, “म सर्वोच्च परमप्रभु परमेश्वरसित जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, प्रतिज्ञा गरेको छु। 23 मैले प्रतिज्ञा गरेको छु कुनै पनि चीज जो तिम्रो हो म लिंदिन, यहाँसम्म एक टुक्रा धागो अथवा जुत्ताको फिता पनि म लिंदिन, म तिमीलाई भन्ने मौका दिंदिन, ‘अब्रामलाई मैले धनी बनाएँ।’ 24 म मात्र त्यो ग्रहण गर्नेछु जो ती जवान मानिसहरूले खाए। तर तिमीले ती अन्य मानिसहरूको भाग तिनीहरूलाई नै दिनु पर्छ। हामीले युद्धमा जितेर ल्याएका चीजहरू ग्रहण गर अनि त्यसबाट अनेर, एरकोल र मम्रेलाई तिनीहरूको हिस्सा देऊ। तिनीहरूले मलाई युद्धमा सहायता गरेका थिए।”

फिलिप्पी 3:17-20

17 दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्। 18 धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु जस्ता भएर बाँचेका छन्। मैले त्यस्ता मानिसहरूको बारेमा बारम्बार भन्दै आएको छु अनि अहिले पनि म आँसु खसाउँदै तिनीहरूका बारेमा भनिरहेछु। 19 तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैंलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्। 20 तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International