Revised Common Lectionary (Complementary)
शान्तिको राजा आउँनुहुदैछ
11 यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढ्ने छ। 2 परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ। 3 त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ।
त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्। 4-5 उसले गरीब मानिसहरूलाई निष्पक्ष र इमानदारीपूर्वक न्याय गर्नेछ। त्यस ठाउँका मानिसहरूलाई के गर्ने निर्णय गर्दछ त्यस बेला ऊ निष्पक्ष रहनेछ। यदि उसले गरीब मानिसहरूलाई कुट्नु परे, पहिले उसले त्यसको निम्ति आदेश दिनेछन् र ती मानिसहरू कुटिनेछन्। यदि उनले मानिसहरू मर्नै पर्छ भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ।
6 त्यसबेला ब्वाँसोहरू थुमाहरूसँग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसँग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसँग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ। 7 गाई र भालूहरू एकैसाथ बस्नेछन्। तिनीहरूका सबै बच्चाहरूसँगै बस्नेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्। 8 सर्पले पनि मानिसहरूलाई केहिगर्ने छैन। एक बालक गोमन सर्पसँग घरको छेउमा खेल्ने छ। एउटा बालकले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ।
9 यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।
8 अनि तिमी, हे एदेरका धरहरा,
सियोनकी छोरीको डाँडा।
पहिलेको शासक तिमीहरू कहाँ आउँनेछन्,
र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।
जसरि पहिला थियो।
किन यरूशलेम बेबिलोन जानै पर्छ?
9 अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ?
के तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्?
के तिम्रो सल्लाहकार नष्ट भयो,
र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?
10 हे सियोनकी छोरी,
सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ।
किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ
र मैदानमा बस्नेछौ
र माथि बाबेलमा जानेछ्यौ
र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ।
परमप्रभुले तिम्रा शत्रुको हातबाट
तिम्रो उद्धार गर्नुहुनेछ।
परमप्रभुले अन्य राज्यहरूलाई नाश गर्नुहुनेछ।
11 अनि अब धेरै जातिहरू भेला भएर तिम्रो बिरूद्ध भन्नेछन्,
“त्यो अशुद्ध होस् र सियोनलाई
हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”
12 तर तिनीहरूले परमप्रभुको बिचारलाई जान्दैनन्।
न त तिनीहरू उहाँको युक्तिलाई बुझ्दछन्।
किनभने उहाँले खलामा बिटाहरू जम्मागरे झैं
तिनीहरूलाई जम्मा गर्नु भएकोछ।
इस्राएलले त्यसको शत्रुहरूलाई पराजित गर्ने छ।
13 “हे सियोन छोरी, उठ अनि दाईँ गर
किनभने म तिम्रा सींङहरूलाई
फलामको र तिम्रो खूरहरूलाई पीत्तलको बनाउनेछु।
तिमीले धेरै जातिहरूलाई चूर-चूर पार्नेछौ
र तिनीहरूको धन-सम्पत्ति
सारा पृथ्वीका मालिक परमप्रभुमा अर्पण गर्नेछौं।”
31 “यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्णन गर्नु? तिनीहरू के जस्ता छन्? 32 यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन्
‘हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं,
तर तिमीहरू नाचेनौं;
हामीले दु:खका गीत गायौं
तर तिमीहरू रोएनौ।’
33 बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, ‘उसलाई भूत लागेको छ।’ 34 मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, ‘हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।’ 35 तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”
© 2004, 2010 Bible League International