Revised Common Lectionary (Complementary)
वाद्य-वादन साथ संगीतकारले गाउनु पर्ने आसापको भजन।
76 यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्।
इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्छन्।
2 शालेममा परमेश्वरको मन्दिर छ।
परमेश्वरको घर सियोन पर्वतमा छ।
3 त्यस ठाउँमा, परमेश्वरले धनु र काँडहरू ढाल, तरवार
र अन्य युद्धका हतियारहरू छिन्न-भिन्न पार्नुभयो।
4 हे परमेश्वर! जब तपाईं पहाडहरूबाट फर्केदै हुनुहुन्छ,
जहाँ तपाईंले आफ्नो शत्रुहरूलाई मार्नु भयो,
तपाईं गौरवमय देखिनु हुन्छ।
5 ती सिपाहीहरूले आफू बलियो भएको सोचे।
तर अहिले तिनीहरू भुइँमा मृत रूपमा लडिरहेकाछन्।
तिनीहरूको शरीर लुटिएर लडिरहेको छ।
ती बलिया सिपाहीहरूले आफू स्वयंलाई नै बचाउने योग्यका हुन सकेनन्।
6 जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो,
घोडसवारहरू र घोडाहरू मरे।
7 हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ!
जब तपाईं क्रोधित हुनुहुन्छ तब कोही पनि तपाईंको विरूद्ध उभिन सक्दैन।
8-9 परमप्रभु न्यायकर्ता झौं उभिनु भयो र निर्णय घोषणा गर्नुभयो,
परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउँनु भयो।
स्वर्गबाट उहाँले निर्णय दिनुभयो,
सम्पूर्ण पृथ्वी निस्तब्ध र भयभीत भए।
10 हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ,
तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्।
तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ,
अनि जीवित् रहनेहरू बलिया हुन्छन्।
11 हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ।
अब उहाँप्रति ती वचनहरू पूरा गर।
प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्।
तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।
12 परमेश्वरले महान् शासकहरूलाई पराजित गर्नु हुन्छ।
पृथ्वीका सबै राजाहरू उहाँसित डराउँछन्।
मिश्र सदा-सवर्दाका निम्ति दुर्बल हुनेछ
20 देशबाट निकालिएको एघारौं बर्षको प्रथम महिनाको सातौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 21 “हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भाँचिदिएँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन। यसकारण उसको हात तरवार समात्ने योग्य भएको हुँदैन।”
22 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रको राजा फिराऊनको विरूद्धमा छु। म त्यसको दुवै हातहरू भाँचिदिन्छु शक्तिशाली हात अनि अर्को भाँचिएको हात। त्यसको तरवारलाई त्यसको हातबाट तल झर्ने बनाउँछु। 23 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। 24 म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ। 25 यसकारण म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु, तर फिराऊनको हातहरू काटिएर झर्नेछ। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् कि म नै परमप्रभु हुँ।
“म बाबेलको राजाको हातमा आफ्नो तरवार दिन्छु। त्यति बेला मिश्र देशको विरूद्धमा आफ्नो तरवार अघाडी बढाउँछु। 26 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”
संसार माथि विजय
25 “यी कुराहरू मैले तिमीहरूलाई अर्थ लुकाएर भनिसकेकोछु। तर समय आउँदैछ म तिमीहरूसँग खुल्ला पारेर यी कुराहरू भन्नेछु। मेरा पिताको विषयमा म तिमीहरूलाई सरल भाषामा भन्नेछु। 26 त्यस समय मेरो नाममा मेरा पितालाई बिन्ती गर्नेछौ। तर मैले भनिरहेकोछैन कि तिमीहरूको निम्ति म मेरा पितालाई भन्नेछु। 27 किनभने पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ किनभने तिमीहरूले मलाई प्रेम गरेकाछौ। त्यसकारणले तिमीहरूले विश्वास गर्छौ कि म परमेश्वरबाट आएको हुँ। 28 म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”
29 तब येशूका चेलाहरूले भने, “तपाईंले अहिले हामीलाई खुलस्त भन्नुभयो। त्यस्तो बुझ्नै नसक्ने अप्ठेरो नबनाई तपाईंले भन्नु भएन। 30 हामीले अब बुझ्न सक्छौ कि तपाईंले प्रत्येक कुरा जान्नु हुन्छ। तपाईंले सोध्नु अगाडि नै कुनै पनि मानिसको उत्तर दिनु सक्नुहुन्छ। यही कारणले हामीलाई विश्वास दिलाउँछ कि तपाईं परमेश्वरबाटै आउनु भएको हो।”
31 येशूले भन्नुभयो, “यसर्थः अब तिमीहरूले विश्वास गर्यौ? 32 ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसँग रहनु हुनेछ।
33 “मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”
© 2004, 2010 Bible League International