Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 93

93 परमप्रभु राजा हुनुहुन्छ।
    उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ।
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ।
    परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।
    जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन्
    तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ।
हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ।
    तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।

इजकिएल 28:20-26

सीदोनको बिरूद्धमा सन्देश

20 परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 21 “हे मानिसको छोरो, सीदोनमाथि ध्यान देऊ, अनि त्यस ठाँउको विरूद्धमा मेरो लागि केही भन। 22 भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

“‘सीदोन म तिम्रो विरूद्धमा छु।
    तिम्रा मानिसहरूले मलाई सम्मान गर्न सिक्नेछन्,
म सीदोनलाई दण्ड दिन्छु,
    त्यसपछि मानिसहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।
त्यसपछि तिनीहरूले सम्झनेछन् कि म पवित्र छु।
    अनि मलाई तिनीहरूले त्यो रूपमा लिनेछन्।
23 म सीदोनमा रोग अनि मृत्यु पठाउँछु,
    अनि मेरा मानिसहरू शहर भित्र मर्ने छन्।
शहरहरूको बाहिर तरवारले त्यो मृत्यु ल्याउँनेछ।
    त्यसपछि उसले सम्झनेछ कि म परमप्रभु हुँ।’”

देशहरू इस्राएलको हाँसो उडाउन बन्द गर्ने छन्

24 “‘अतीत कालमा, इस्राएललाई त्यसको चारैतिरका देशहरूले घृणा गर्थे। अब उसो तिनीहरूको वरीपरीका सबै देशहरूबाट कष्ट दिनलाई कुनै तीखा काँढाहरू अथवा सिउँडी रहने छैन। त्यसपछि तिनीहरूले जान्नेछन् म मात्र परमप्रभु तिनीहरूको मालिक हुँ।’”

25 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म इस्राएल परिवारलाई जो अन्य राष्ट्रहरूमा तितर-बितर भएकाछन् म तिनीहरूलाई भेला पार्नेछु। अनि ती राष्ट्रहरूले देख्नेछन् कि म पवित्र हुँ। त्यस समय इस्राएलका मानिसहरू त्यो देशमा बस्नेछन् जुन देश मेरो दास याकूबलाई दिएँ। 26 तिनीहरू त्यो देशमा सुरक्षित रहनेछन्। तिनीहरूले घर बनाउँनेछन् अनि दाखको बोट लगाउनेछन्। म त्यसको चारैतिरको राष्ट्रहरूलाई दण्ड दिन्छु जसले तिनीहरूलाई घृणा गरे। त्यसपछि इस्राएलका मानिसहरू सुरक्षित रहनेछन्। अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”

1 कोरिन्थी 15:20-28

20 तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ। 21 एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो। 22 आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं। 23 तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ। 24 अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।

25 जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ। 26 नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ। 27 जस्तो धर्मशास्त्रामा छन्। भनिन्छ, “परमेश्वरले प्रत्येक थोक उहाँको अधीनमा गर्नुभयो।”(A) जब धर्मशास्त्रमा भनिन्छ कि “प्रत्येक” बस्तु उहाँको अधीनमा गराइयो स्पष्ट अर्थ लग्छ कि परमेश्वरलाई यसमा सम्मिलित गराइएन। उहाँ परमेश्वर नै हुनुहुन्छ जसले सबै थोक अधीनमा राख्नु भयो। 28 जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सब कुछ ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफैं पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सब कुराको पूर्ण शासक हुनु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International