Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 16

दाऊदको मिक्ताम भन्ने भजन।

16 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
मैले परमप्रभुलाई भने,
    “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
    प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
    अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो।
    परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।

तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
    तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
    म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
    हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
    तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
मेरो भाग आश्चर्यपूर्ण छ,
    मेरो उत्तराधिकार अति सुन्दर छ।
म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
    राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।

परमप्रभुलाई मैले सधैँ
    आफू समक्ष राखेको छु
    र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
    अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा[a] छोड्नु हुनेछैन।
    तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
    तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
    तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।

दानियल 4:28-37

28 यो सबै सत्य घटना राजा नबूकदनेस्सरमाथि घट्यो। 29 बाह्र महिना पछि राजा आफ्नो महलको कौसीमा घुमिरहेका थिए। 30 जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”

31 राजाको मुखबाट यो कुरा निस्की नसक्दै स्वर्गबाट यसो भन्ने आवाज आयो, “यो घटनाहरू तपाईंमाथि घट्नेछ, राजा नबूकदनेस्सर तपाईंको राज्य तपाईंबाट खोसिनेछ। 32 तपाईंलाई मानिसहरूबाट निस्कासित गरिनेछ। तपाईं जङ्गली पशुहरूसँग बस्नु पर्नेछ अनि गाईले झैं घाँस खानुहुनेछ। सात बर्ष सम्म यो चलिरहनेछ जब सम्म तपाईंले यो बुझ्नुहुँदैन कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ। अनि उहाँले जसलाई चाहनुहुन्छ उसलाई राज्य दिनुहुन्छ।”

33 फेरि तुरून्तै यो घटना घट्यो, नबूकदनेस्सर मानिसहरूबाट निकालिए, उनले गाईले जस्तो घाँस खान थाले र उनको शरीर आकाशको शीतले भिज्यो, उनको कपाल लामो, गीद्धको प्वाँख जस्तो भयो अनि उनको नङ्ग्राहरू चीलका नङ्गा जस्तै लामा लामा भए।

34 तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिएँ मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ।

परमेश्वरले सदा-सर्वदा शासन गर्नुहुन्छ!
    उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ।
35 यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन्
    परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ
स्वर्गको शक्ति भन्दा ठूलो कोही पनि छैन।
    उहाँले भन्नुहुन्छ, “स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन।
उहाँको सशक्त हातले जे गर्छ,
    यसमाथि कुनै प्रश्न नै उठ्दैन्।”

36 त्यस समयमा परमेश्वरले मेरो बुद्धि मलाई फेरि दिनु भयो। अनि एउटा राजाको रूपमा मेरो मान, सम्मान अनि शक्ति फेरि फर्काई दिनुभयो। मेरो सल्लाहकार अनि राजकीय मानिसहरू फेरि मकहाँ आए। म फेरि पहिलाको भन्दा पनि महान अनि शक्तिशाली राजा भएँ। 37 त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सधैँ न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहंकारीहरूलाई नम्रता प्रदान गर्ने क्षमता छ।

मर्कूस 12:1-12

परमेश्वरले आफ्नो पुत्र पठाउँनु भयो

(मत्ती 21:33-46; लूका 20:9-19)

12 येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो।

“केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो। तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए। फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिर्काए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्। फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालाहरूकहाँ फठाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालाहरूले कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए।

“अब त्यस मानिससँग खेतीवालहरूकहाँ पठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरालाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालहरूकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालहरूले मेरो छोरोलाई त आदर गर्ने नै छन्।

“तर खेतीवालहरूले आफूहरू माझ वहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुन्छ। यसकारण हामी यसलाई मारौं तब यो दाखबारी हाम्रै हुनेछ। तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए।

“यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ। 10 निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौला:

‘निर्मातहरूले अस्वीकार गरेका ढुङ्गाहरू नै,
    कुनाको ढुङ्गा बनेको छ।
11 परमप्रभुले नै यस्तो गर्नु भएको हो,
    अनि हाम्रो निम्ति यो अचम्म भएको छ।’”(A)

12 ती यहूदी प्रमुखहरूले येशूले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशूलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहूदी प्रमुखहरू येशूलाई छोडेर अन्यत्र कतै गए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International