Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 51

प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन। बतशेबासँग दाऊदले पाप गरेपछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदले यो भजन लेखेका हुन्।

51 हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,
    किनभने तपाईंको दयालु कृपा-दृष्टिले,
तपाईंको महान् अनुग्रहले
    मेरा सारा पापहरू मेटाई दिनुहोस्।
परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।
    मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।
म जान्दछु मैले पाप गरें।
    म सधैँ ती पापहरू देख्दछु।
हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।
    परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें
म ती गल्तीहरू स्वीकार गर्दछु,
    ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ।
    तपाईंको निर्णयहरू निष्कपट छन्।
पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्
    अनि म पापमा नै जन्मेको थिएँ।
हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
    यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
विधिपूर्वक हिसप झारले[a] मस्काएर मलाई शुद्ध पार्नुहोस्।
    जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
मलाई खुशी पार्नुहोस्।
बताउनुहोस् फेरि खुशी कसरी हुनु।
    तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्।
मेरो पापहरू तपाईं नहेर्नु होस्!
    ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!
    मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
11 मलाई नठेल्नु होस्।
    अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
12 तपाईंको सहयोगले मलाई खुशी पार्दछ।
    मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्।
    मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।
13 म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु
    अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्।
14 हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउँनु होस्।
    तपाईंको धार्मिकताको विषयमा,
मलाई गीत गाउन दिनुहोस्।
15     हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!
16 तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न्,
    यसकारण मैले किन बलिहरू चढाउनु।
17 जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो।
    हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न!

18 हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्।
    यरूशलेमको पर्खालहरू पुनःर्निर्माण गर्नुहोस्।
19 तब तपाईंले धार्मिकताको बलिदान,
    र होमबलिहरूको आनन्द लिन सक्नु हुन्छ।
    अनि मानिसहरूले फेरि साँढेहरू तपाईंको वेदीमा चढाउने छन्।

मीका 6:1-8

परमप्रभुको आरोप

परमप्रभुले जे भन्दै हुनुहुन्छ, त्यसलाई ध्यानदेऊ:
    “उठ अनि पहाडको सामुन्ने खडा हौ,
अनि फेरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ।
    पहाडहरूलाई आफ्नो कथा सुनाऊ।
परमप्रभु आफ्ना मानिसहरूलाई आरोप गर्नु हुन्छ।
    पहाडहरू आफ्ना परमप्रभुको आरोप सुन,
अटल रहने पृथ्वीका जगहरू हो,
परमप्रभुको आरोप सुन,
    उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”

परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू!
    के मैले कुनै दिन तिमीहरूलाई नराम्रो गरें?
मैले कसरी तिम्रो जीवन कठिन बनाइदिएँ?
    मलाई भन मैले तिमीहरूलाई के गरें?
म तिमीलाई भन्दैछु, “मैले तिमीलाई जे गरें,
    मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ!
मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ।
    मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।”
हे मेरा मानिसहरू, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर।
    ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो।
ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो।
    तब मात्र बुझ्नेछौ परमप्रभुमा उद्धार छ।”

परमेश्वर हामीबाट के चाहानु हुन्छ?

जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु,
    तब परमेश्वरको छेउमा आफूसँग के लिएर जाऊँ?
के परमप्रभुलाई एक बर्षको बाछो,
    होमबलि चढाउन लिएर जाऊँ?
के परमप्रभु एक हजार भेंडा़
    र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ?
के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा
    जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?

हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ।
    परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ,
त्यो बताउनु भएको छ।
    मानिसहरूसँग तिमी साँच्चो बन,
    अरूसँग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

यूहन्ना 13:31-35

येशूले आफ्नो मृत्यु विषय भन्नु हुन्छ

31 यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ। 32 यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”

33 येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसँग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।

34 “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ। 35 यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International