Revised Common Lectionary (Complementary)
23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ।
परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
24 यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ,
र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।
25 म जावन थिएँ तर अब वृद्ध भएको छु,
तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन।
मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।
26 धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन्
अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।
27 यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने
तिमी सँघै बाँच्ने छौ।
28 परमप्रभुले न्याय मन पराउनु हुन्छ,
उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न।
परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ
तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
29 धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्।
तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।
30 धर्मी मानिसले उत्तम सल्लाह दिंदछ।
उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
31 उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ।
अनि ठीक प्रकारले बाँच्नबाट ऊ कहिल्यै बन्चित हुँदैन।
32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
33 जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख।
परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ,
उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ।
35 मैले एक बलवान कपटी मान्छे देखें।
ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
36 तर ऊ हिंडी सकेको थियो।
मैले उसलाई खोजें, तर भेट्न सकिनँ।
37 शुद्ध र ईमान्दार बन।
शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
38 तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्।
अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।
39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ।
जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
40 परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ।
धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्,
अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।
शमूएलले शाऊललाई राजा घोषित गर्छन्
17 शमूएलले सबै इस्राएलका मानिसहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुन बोलाए। 18 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले इस्राएललाई मिश्रबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रको अधीनबाट बचाएँ र अन्य राष्ट्रहरूबाट पनि बचाएँ जसले तिमीहरूलाई चोट पुर्याउन चाहन्थे।’ 19 तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्यौ। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्छौ, ‘होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ।’ यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।”
20 शमूएलले इस्राएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूएलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो। 21 शमूएलले बिन्यामिनी कुलसमूहका प्रत्येकलाई एक-एकजना गरेर अगाडि जानु भने। त्यसपछि मन्त्रीको परिवारालाई चुनियो। त्यसपछि त्यही मन्त्री परिवारको प्रत्येकलाई एक एकजना गरेर अगाडि जानु भने। यसरी कीशका छोरा शाऊललाई चुनियो।
जब मानिसहरूले शाऊललाई खोजे, त्यहाँ शाऊललाई भेट्टाएनन्। 22 अनि तिनीहरूले परमप्रभुसित सोधे, “शाऊल यहाँ अझै आइपुगेकै छैनन्?”
परमप्रभुले भन्नुभयो, “त्यो त्यहाँ भेटी चढाइएका सामानहरूको पछि लुकेकोछ।”
23 मानिसहरूले शाऊललाई सामानहरूको पछाडिबाट खोजेर निकाले। शाऊल मानिसहरूका माझमा खडा भए। त्यहाँ शाऊल अरू भन्दा अग्ला थिए।
24 शमूएलले सबै मानिसहरूलाई भने, “परमप्रभुले चुन्नु भएको मानिसलाई हेर। मानिसहरूमा शाऊल जस्तो मानिस अर्को कोही छैन।”
त्यसपछि मानिसहरूले नारा लगाए, “हाम्रा राजा दीर्घायु रहुन्।”
25 शमूएलले राज्यका नियमहरू मानिसहरूलाई बुझाए। यो एउटा पुस्तकमा पनि लेखे र यस व्यवस्थाको पुस्तकलाई परमप्रभुको अघि राखे। तब तिनले मानिसहरूलाई घर जानु भने।
13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ। 14 परमेश्वरले भन्नुभयो, “म तिमीलाई निश्चितरूपले आशीर्वाद दिदँछु। म तिमीलाई धेरै सन्तान दिनेछु।”(A) 15 यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।
16 शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँच्चो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ। 17 जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाणित गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझुन् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सक्नु हुन्न, अनि जब उहाँले कुनै शपथ लिनुहुन्छ उहाँले पुरा गर्नु हुन्छ। 18 यी दुइ कुराहरू बद्लिन सक्दैनन्।
अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौं। 19 हाम्रो आशा एउटा लङ्गूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मन्दिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ। 20 येशू अघिबाटै त्यस ठाउँमा पसिसक्नुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।
© 2004, 2010 Bible League International