Revised Common Lectionary (Complementary)
12 हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस,
ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।
13 हे परमप्रभु, सधैँ हाम्रो पछाडि आउनुहोस्।
आफ्ना दासहरू प्रति दयालु हुनुहोस्।
14 प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्।
हामी सुखी रहौं र रमाइलो जीनव बिताऔं।
15 तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र सङ्कटहरू दिनुभयो।
अब हामीलाई खुशी वा सुखी पार्नुहोस्।
16 तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन्,
जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ,
अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्।
17 हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्।
हामी जे काम गछौ त्यो फलदायक होस,
हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।
13 मेरा स्वामी सर्वशक्तिमान परमप्रभु परमेश्वर यो कुरा भन्नु हुन्छ, “याकूब को घरनाका मानिसहरूलाई यो कुराहरूको चेतावनी देऊ। 14 परमप्रभुले न्याय दिनेदिनमा म इस्राएललाई उसका पापहरूको लागि दण्ड दिनेछु। म बेतेलका वेदी नष्ट गरिदिनेछु र समस्त वेदी भुईँमा खस्ने बनाउँछु। 15 म गर्मिमा बस्ने निवास स्थानका साथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछु। अनि हात्तीको दाँतले बनाएका घरहरू पनि नष्ट गरिदिनेछु, धेरै घरहरू नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ।
आनन्दप्रिय स्त्रीहरू
4 हे सामरियाको डाँडामा बस्ने गाईहरूहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरूलाई कुल्चियौ। तिमीहरूले आफ्ना पतिहरूलाई भन्छौ, “हामीहरूलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”
2 परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलाग्नेछ तिनीहरूले तिमीहरूलाई अंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्। 3 तिमीहरू सबै देवालका दूलोबाट बाहिर जानेछौ, तिमीहरू सबै हर्मोनको क्षेत्रपट्टि फ्याँकिनेछौ,”
परमप्रभु भन्नुहुन्छ। 4 “बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर। गिलगालमा जाऊ अनि अझ पाप गर। दिनैपर्छ भने तिमीहरूले हरेक बिहान भेटी चाँडै चढाऊ। तीन दिन चाडको लागि तिमीहरूको फसलको एक दशांश चढाऊ। 5 धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरू यसो गर्न मनपराउँछौ।”
परमेश्वरको र मानिसको व्यवस्था
(मर्कूस 7:1-23)
15 त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू येशूकहाँ आए। तिनीहरू यरूशलेमबाट आएका थिए तिनीहरूले भने, 2 “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।”
3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौ? 4 परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’(A) फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’(B) 5 तर तिमीहरू जसले म बाट तपाईंले जे पाउने सक्नु हुन्थ्यो त्यो परमेश्वरलाई चढाईएको छ भनी आफ्ना आमा-बाबुलाई भन्छौ उसले उनीहरूलाई आदर गरिरहनु पर्दैन भन्ने शिक्षा दिन्छौ। 6 तिमीहरू त्यस मानिसलाई आफ्नो पिताको आदर गर्नु पर्दैन् भन्छौ। यसरी तिमीहरू आफ्नो नियमका निम्ति परमेश्वरको आदेशलाई एकातिर पन्छाउँछौ। 7 तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए:
8 ‘यी मानिसहरू मलाई मुखले आदर गर्छौं भन्छन्
तर तिनीहरूको हृदय मदेखि टाढा छ।
9 तिनीहरूले मलाई अर्पण गरेको आराधना व्यर्थ छ।
तिनीहरूले आफैंले रचेका नियमहरू मात्रै पालन गर्न सिकाउँछन्।’”(C)
© 2004, 2010 Bible League International