Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 19:7-14

परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
    तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
    यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
परमप्रभुका विधिहरू सही छन्।
    तिनीहरूले मानिसहरूलई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
    तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।

परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
    जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
    तिनीहरू सम्पूर्ण ठीक छन्।
10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
    तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
    यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।

12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
    यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
    ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
    परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।

व्यवस्था 1:1-18

मोशा इस्राएलीहरू सँग कुरा गर्नुहुन्छ

जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरुभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।

सेईर पर्वत भएर होरेब पर्वतबाट कादेश बर्ने पुग्नु मात्र एघार दिन लाग्छ। तर इस्राएलीहरूलाई मिश्र देशदेखि यस ठाउँमा पुग्न चालीस बर्ष लाग्यो। मोशाले तिनीहरूलाई चालीसौं बर्षको एघारौं महीनाको पहिलो दिन परमप्रभुले आदेश गर्नु भएको प्रत्येक कुरा भने। परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो। यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने,

“होरेब पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, ‘तिमीहरू यस पर्वतमा धेरै दिनसम्म बस्यौ। अब पहाडी क्षेत्रतिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ। हेर! म तिमीहरूलाई त्यो भूमि दिंदैछु, जाऊ अनि त्यस भूमिमा बस, मैंले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक, अनि याकूब र तिनीहरूका भावी सन्तानहरूलाई यो भूमि दिने प्रतिज्ञा गरेको थिएँ।’”

मोशा अगुवाहरू छान्छन्

मोशाले भने, “त्यस समयमा मैले भनेको थिएँ, ‘म तिमीहरूको हेरचाह गर्नु सक्तिनँ। 10 अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ। 11 अहिले परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वर परमप्रभुले तिमीहरूलाई हजार गुणा संख्या बेशी बनाऊन् अनि प्रतिज्ञा गर्नु भए अनुसार नै तिमीहरूलाई आशीर्वाद दिऊन्। 12 तर म तिमीहरूको हेरचाह गर्न र आफैं तिमीहरूका झगडा़हरू समाधान गर्न असमर्थ छु। 13 यसकारण तिमीहरूले आफ्ना कुलहरूबाट ज्ञान, विवेक तथा अनुभव भएका मानिसहरू छान म तिनीहरूलाई तिमीहरूको अगुवा बनाउनेछु।’

14 “अनि तिमीहरूले भन्यौ, ‘यसो गर्नु असल काम हो।’

15 “यसकारण मैले तिमीहरूद्वारा चुनेका बुद्धिमान र अनुभवी मानिसहरूलाई तिमीहरूको अगुवाहरू नियुक्त गरें। यसरी मैले तिमीहरूमध्ये केहीलाई हजार जनाका अगुवाहरू, सय जनाका अगुवाहरू, पचास जनाका अगुवाहरू अनि दश जनाका अगुवाहरू नियुक्त गरें। मैले तिमीहरूका प्रत्येक पारिवारिक समूहहरूलाई अधिकारी नियुक्त गरें।

16 “त्यति बेला, मैले ती न्यायकर्त्ताहरूलाई भनें, ‘कुनै पनि झगडा़मा तिम्रा भाइहरूका कुरा सुन र ठीक-ठीक न्याय गर, त्यो झगडा़ इस्राएलीहरूमाझ होस् अथवा इस्राएली र विदेशीहरूमाझ होस्। 17 जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडा़को विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’ 18 त्यही समयमा तिमीहरूले गर्नु पर्ने सबै विषयहरू म तिमीहरूलाई भन्नेछु।

प्रेरित 12:20-25

20 हेरोद टायर र सायडनवासीहरूसँग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।

21 हेरोदले तिनीहरूसँग एकदिन भेट गर्ने निश्चय गरे। त्यस दिन हेरोदले सुन्दर शाही-पोषाक लगाएका थिए। उनी राजसिंहासनमा बसे अनि मानिसहरूलाई सम्बोधन गरे। 22 मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!” 23 हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र-भित्रै कीराले खायो अनि मरे।

24 परमेश्वरको सन्देश चारैतर्फ फिंजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए।

25 बर्णाबास र शावलले यरूशलेममा आफ्ना काम सिद्धाए पछि एन्टिओक फर्के। तिनीहरूका साथमा यूहन्ना (मर्कूस) पनि थिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International