Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
Error: Book name not found: Wis for the version: Nepali Bible: Easy-to-Read Version
Error: Book name not found: Wis for the version: Nepali Bible: Easy-to-Read Version
यर्मिया 11:18-20

यर्मियाको विरूद्धमा षड्‌यन्त्र

18 परमप्रभुले मलाई देखाउनु भयो अनि मैले चाल पाएँ। उहाँले तिनीहरूका खराब कामहरू मलाई देखाउनु भयो। 19 मार्नलाई ल्याइएको एउटा निर्दोष थुमाझैं म थिएँ। तिनीहरू मेरो विरूद्ध छन् भनी म जान्दिनथें। तिनीहरूले मेरो बारेमा यी कुराहरू भने: “यो रूख यसका फलहरूसितै नष्ट पारिदिऊँ। यसलाई मारिदिउँ ताकि मानिसहरूले यसलाई भुल्नेछन्।” 20 “तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्त्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस् कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।”

भजनसंग्रह 54

प्रमुख संगीतकारलाई: वाद्य वादन सहित-जति वेला सेफिद आयो अनि शाऊललाई भन्यो, “दाऊद हाम्रा मानिसहरूका वीचमा लुकिरहेको छ।” दाऊदको मस्किल नाउँको भजन।

54 हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्।
    मलाई स्वतन्त्र[a] पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।
हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्।
    मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।
विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्।
    ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।

हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ।
    मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।
जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ।
    परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।

परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु।
    हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।
किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो।
    मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।

याकूब 3:13-4:3

साँच्चो ज्ञान

13 यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ। 14 यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन। 15 यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो। 16 जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्। 17 तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र तर्क सँगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ। 18 मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।

परमेश्वरमा समर्पण

के तिमीहरूलाई तिमीहरूको झगड़ा र लडाँईँको श्रोत थाहा छ? तिमीहरूका झगड़ा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउँछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ, तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ। अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।

याकूब 4:7-8

यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।

मर्कूस 9:30-37

येशूले आफ्नो मृत्यु बारे भन्नुभयो

(मत्ती 17:22-23; लूका 9:43b-45)

30 त्यसपछि येशू अनि उहाँका चेलाहरूले त्यस ठाउँ छोड्नुभयो तिनीहरू गालील भएर गए। तर येशूले उनीहरू कहाँ छन् भनेर मानिसहरूले पत्तो नपाओस् भन्ने चाहेको थिए। 31 येशूले उनको चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मार्न मानिसहरूका हातमा सुम्पिदिनेछन्। तीन दिनपछि म मृत्युबाट बौरी उठ्नेछु।” 32 तर चेलाहरूले केही बुझेनन् कि येशूले के भन्नुभएको हो। अनि उहाँले के भन्नुभएको हो भनेर सोध्न डराए।

येशू भन्दछन् को महान हो

(मत्ती 18:1-5; लूका 9:46-48)

33 येशू र उहाँका चेलाहरू कफर्नहुम जानुभयो। जब उनीहरू एउटा घरमा थिए। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “यात्रा गर्दै गर्दा तिमीहरूले के बहस गर्दैं थियौ?” 34 तर चेलाहरूले जवाफ दिएनन् किनभने तिनीहरूले बाटोमा कुरा गर्दै आउँदा उनीहरूको माझमा सबभन्दा महान् को होला भन्ने कुराको चर्चा भएको थियो।

35 येशू बस्नु भयो अनि बाह्रजना प्रेरितहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “यदि कसैले आफूलाई पहिलो बनाउन चाहन्छ भने, उसले आफूलाई अरू मानिसहरूलाई भन्दा अन्तिम मानिस बनाउनु पर्छ अनि अरू सबैको सेवा गर्नुपर्छ।”

36 त्यसपछि येशूले एउटा सानो बालकलाई लिएर आउनु भयो। उहाँले त्यस बालकलाई चेलाहरू अघि उभ्याउनु भयो। उहाँले बालकलाइ आफ्नो काखमा लिनुभयो अनि भन्नुभयो, 37 “यदि कसैले मेरो नाउँमा यस्तो बालकहरूलाई ग्रहण गर्छ भने, त्यस मानिसले मलाई पनि ग्रहण गरेको बराबर हुन्छ। यदि कसैले मलाई स्वीकार गर्छ भने, त्यसले जसले मलाई पठाउनु भयो उहाँलाई पनि स्वीकारेको हुनेछ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International