Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 50:4-9

परमेश्वरका दास पूर्णरूपमा परमेश्वरमा नै आश्रित हुन्छ

परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दु:खी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाउँनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ। परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनु हुन्छ, र म उहाँको विरूद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन। मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि, मेरो अनुहारमा थुके पनि म उनीहरूबाट अनुहार लुकाउने छैन। परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले मप्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु, म जान्दछु कि म निराश हुने छैन।

परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन्। यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस मकहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ। तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन्। ती सारा मानिसहरू पुरानो लुगाहरू जस्ता हुनेछन्। मद्यले तिनीहरूलाई खानेछ।

भजनसंग्रह 116:1-9

116 जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ,
    त्यो मलाई मन पर्दछ।
जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ,
    त्यो मलाई मन पर्छ।
म मर्न आटेको थिएँ, मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो।
    चिहान मेरो वरिपरि थियो
    म भयभीत र चिन्तित थिएँ।
तब मैले परमेश्वरको नाउँको पुकारा गरें।
    मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”
परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ।
    हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।
परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ।
    म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।
हे मेरो प्राण, विश्राम गर!
    परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।
हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बँचाउनु भयो।
    तपाईंले मेरो आँसुहरू थामिदिनु भयो।
    तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो।
जीवितहरूको देशमा पनि
    म परमप्रभुको सेवा अनवरत गर्नेछु।

याकूब 3:1-12

हामीले भनेका कुराको नियन्त्रण

मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौं अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौं।

हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। ऊ आफ्ना सम्पूर्ण सरीरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्। घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्मूर्ण शरिलाई अधीनमा राख्न सक्छौ। जहाजहरू पनि यस्तै हुन्छन्। जहाज अत्यन्त विशाल हुन्छ अनि यसलाई शक्तिशाली वायुले धकेल्छ। तर सानो पतवारले विशाल जहाजलाई नियन्त्रण गर्छ। अनि नाविकले जहाज कता जानुपर्नेहो निर्णय गर्छ। हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ।

एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ। जिब्रो आगोको फिलुंगो जस्तै हो। हाम्रो शरीरका अंशहरू मध्ये यो दुष्टताको संसार हो। कसरी? जिब्रोले सारा शरीर नष्ट पार्छ। यसले हाम्रो सम्पूर्ण अस्तित्व नै ध्वंश पार्न सक्छ र नरकको आगोमा त्यो जल्छ।

मानिसहरूले हरेक किसिमका जङ्गली पशु चरा-चुरूङ्गीहरू, घस्रने प्राणीहरू अनि सामुद्रिक प्राणीहरू तह लगाउने सक्छन्। मानिसहरूले यी सबै प्राणीहरूलाई तहलगाएका छन्। कसैले कहिल्यै जिब्रोलाई नियन्त्रण गर्नु सकेको छैन। यो जंगली अनि दुष्ट हुन्छ। जिब्रो विषले परिपूर्ण हुन्छ जसले मार्न सक्छ। हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ। 10 स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन। 11 के पानीको मूलबाट एउटै मिठो र तितो पानी एकैचोटी बग्छ? अँहँ। 12 मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फल्न सक्छ? सक्तैन। के अंङ्गूरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के नुनिलो कुवाबाट मिठो पानी निस्कन सक्छ।

मर्कूस 8:27-38

पत्रुस अनुसार येशू नै ख्रीष्ट हुन्

(मत्ती 16:13-20; लूका 9:18-21)

27 येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा, येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?”

28 चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।”

29 त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?”

पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”

30 येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नु।”

येशू भन्नुहुन्छ उहाँ मर्नु पर्छ

(मत्ती 16:21-28; लूका 9:22-27)

31 त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गर्नुभयो कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदी बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्। 32 येशूले पछि घट्ने प्रत्येक घट्नाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन।

पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे। 33 तर येशू फनक्क फर्के र चेलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।”

34 तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुशरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ। 35 जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ। 36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो? 37 किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन। 38 अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससँग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसँग आउनेछु।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International