Revised Common Lectionary (Complementary)
106 परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ।
परमेश्वरको प्रेम अनन्त छ!
2 कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्।
कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।
3 मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्।
ती मानिसहरूले सधैँभरि असल कामहरू गर्दछन्।
4 हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ।
मलाई पनि बचाउनु पर्छ भन्ने सम्झनु होस्।
5 हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस्
जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो।
मलाई तपाईंका मानिसहरूसित प्रफुल्लित हुन दिनुहोस्।
मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।
6 हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए।
हामी अन्योलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!
13 तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से।
तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।
14 हाम्रा पिता-पुर्खाहरू मरुभूमिमा भोकाए
अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।
15 तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो।
तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।
16 मानिसहरू मोशादेखि डाह गर्न थाले।
तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।
17 यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो।
धर्ती चिरिएर दातानलाई निलिदियो।
त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।
18 तब त्यस भीडको माझमा आगो लाग्यो,
र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो।
19 ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर
तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!
20 तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित
घाँस खाने बाछोको मूर्ति साटे।
21 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए।
जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो,
तिनीहरूले उहाँको बारेमा भुलिदिए।
22 परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो।
परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!
23 परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो।
तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके।
परमेश्वर अत्यन्त रिसाउनु भयो,
तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्न मोशाले उहासँग बिन्ति गरे।
यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।
47 हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्।
परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो।
यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं।
यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।
48 इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं।
परमेश्वर सधै रहनु हुन्छ, उहाँ सधै नै रहनुहुने छ।
अनि सारा मानिसहरूले भने, “आमेन!”
परमप्रभुको प्रशंसा गर!
9 तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ। 10 होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’ 11 तिमी नजिकै आयौ अनि पहाडको फेदमा उभियौ। त्यो पहाड जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो। 12 परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो। 13 परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो। 14 त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुशरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।
ख्रीष्ट येशूको असल सेवक बन
6 यी सबै कुराहरू त्यहाँका दाज्यू-भाइ अनि दिदी-बहिनीहरूलाई सुनाऊ। यसले तिमीलाई ख्रीष्ट येशूको असल सेवक हो भन्ने देखाउँछ। तिमीले अनुशरण गरेको सत्य विश्वासको वचन र असल शिक्षाले तिमीलाई दरिलो बनाएको छ भनि तिमी देखाउनेछौ। 7 मानिसहरू यस्ता मूर्ख कथाहरू सुनाउँछन् जसको परमेश्वरको सत्यतासित कुनै सम्बन्ध छैन। त्यस्ता कथाहरूका शिक्षा पालन नगर। तर तिमीले स्वयंलाई इमान्दारीपूर्वक परमेश्वरको सेवा गर्न सिकाऊ। 8 शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ। 9 मैले जे पनि भनें त्यो सत्य हो अनि तिमीले त्यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छ। 10 त्यसैको निम्ति हामी परिश्रम र संघर्ष गर्छौं। हामी जीवित परमेश्वरमा आशा गर्छौं। उहाँ सबैका मुक्तिदाता हुनुहुन्छ विशेष गरी तिनीहरूको जो उहाँमाथि विश्वास गर्छन्।
11 यिनै कुराहरूका आदेश र शिक्षा देऊ। 12 तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।
13 म नआउन्जेल मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु शिक्षा दिंदै गर्नु। 14 तिमीमा भएको वरदानलाई काममा लाउने कुरो याद गर। त्यो बरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर अगमवाणी गरी दिएकाछन्। 15 यी कुराहरू प्रति विचार गरिरहु, ती कुराहरू गर्नमा तिम्रो जीवन समपर्ण गर। तब हरेक व्यक्तिले तिम्रो उन्नति देख्न सक्नेछन्। 16 आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिंदै जाऊ। तब तिमीले आफैंलाई अनि तिम्रा शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।
© 2004, 2010 Bible League International