Revised Common Lectionary (Complementary)
त्यस समय दाऊद विक्षिप्त भएपछि अबिमेलेकले उनलाई निकाली दियो। यसरी दाऊदले त्याग गरे। दाऊदको एउटा भजन।
34 हर समय म परमप्रभुलाई धन्यको भन्छु।
उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
2 नम्र मानिसहरू! सुन र खुशी बन।
मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
3 मसँग-सँगै परमप्रभुको स्तुति गर!
र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं।
4 म परमेश्वरको सहायता पाउनलाई उहाँकहाँ गएँ।
अनि उहाँले मलाई उत्तर दिनुभयो।
मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
5 उहाँको सहायता पाउन परमप्रभुलाई हेर,
तिमी लज्जित हुनु पर्ने छैन,
उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
6 यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो।
अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो।
उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो।
7 जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले,
उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।
अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्।
8 परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।
जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
20 शाऊल तत्कालै लडे र भूइँमा पसारिए। शमूएलको कुरा सुनेर शाऊल साह्रै डराए। शाऊल कमजोर भइसकेका थिए कारण हिजो देखि रात-दिन उनले केही खाएकै थिएनन्।
21 स्त्री शाऊलको छेउमा आईन। शाऊल साह्रै डराएको देखी। तिनले भनी, “हेर्नुहोस् म तपाईंकी सेविका। मैले तपाईंको आज्ञापालन गरें। मैले मेरो ज्यानलाई जोखिममा हाले र तपाईंले भने झैं गरें। 22 अब मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई खाने कुरा दिन्छु। तपाईंले खानैपर्छ। त्यसपछि आफ्नो कार्य गर्न शक्ति पाउनु हुनेछ।”
23 तर शाऊलले मानेनन्। तिनले भने, “मलाई खान चाहींदैन।”
शाऊलका अधिकारीहरूले पनि स्त्रीसँगै केही खानु भनी अनुरोध गरे। अन्त्यमा शाऊलले तिनीहरूका कुरा माने। भुइँबाट उठेर बिस्तरामा बसे। 24 त्यस स्त्रीले आफूसँग भएको बलियो बाछो मारी। त्यस स्त्रीले अलिकति पिठो मुछी र खमीर बिनाको रोटी पकाई। 25 र त्यस स्त्रीले भोजन शाऊल र तिनका अधिकारीहरूलाई पस्कि। तिनीहरूले भोजन खाए र त्यही रात तिनीहरू उठेर गए।
15 हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैंलाई मात्रै खुशी तुल्याउन हुँदैन। 2 तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ। 3 ख्रीष्टले पनि आफू स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”(A) 4 बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं। 5 धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्। 6 त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ।
© 2004, 2010 Bible League International