Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: दाऊदको “मस्किल” भन्ने भजन। जब एदोमी दोयेग शाऊल कहाँ गए र उनलाई भने, “दाऊद अहिमेलेको घरमा छ”।
52 हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं?
तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
2 तिमीले सधैँ मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ।
तिमीले सधैँ झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।
3 तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ।
तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।
4 तिमी र तिम्रो झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराँउछन्।
5 यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ।
उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाट[a] धकेल्दै तान्नु हुनेछ,
जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।
6 धर्मात्माहरूले यो देख्नेछन् र परमेश्वरको डर मान्ने छन्।
परमेश्वरको आदर गर्नेछन्।
तिनीहरू तिमीमाथि हाँस्ने छन् र भन्नेछन्।
7 “हेर, परमेश्वरमाथि जो भर पर्दैन त्यस मानिसको गति कस्तो हुन्छ।
उसले सोच्यो कि सम्पत्ति र झूटो कुराहरूले उसलाई रक्षा गर्नेछ।”
8 तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ।
म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु।
9 हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु।
म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!
अश्शूर एउटा देवदारूको रूख जस्तै हो
31 देशबाट निकालिएको एघारौं बर्षको तेस्रो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, मिश्रको राजा फिराऊन अनि त्यसको मानिसहरूलाई यसो भन:
“‘तिमी अति नौ महान छौ।
तिमीलाईं कोसित तुलना गर्न सकिन्छ?
3 अश्शूर देशलाई हेर त्यो लबानोनमा एउटा देवदार झौं थियो।
यसको सुन्दर-सुन्दर हागाँहरूलाई हेर।
जङ्गलमा छाँयादार अनि एकदमै अग्लो देवदारूको रूख थियो!
यसको टुप्पोले बादल छुन्थ्यो।
4 पानीको मूलले त्यसलाई पोषण गर्यो।
नदीको पानीले त्यसलाई अग्लो बनायो!
नदीहरू यस ठाँउको चारैतिरबाट बग्थे।
जहाँ रूखहरू रोपिएका थियो।
अरू मैदानको रूखहरूकोलागि
यहींबाट पानीको नालाहरू जान्थे।
5 यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो।
अनि यसले धेरै हाँगा-बिगाहरू फैलाएको थियो।
त्यहाँ पानी प्रशस्त थियो
यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो।
6 रूखको हाँगाहरूमा आकाशका सबै पक्षीहरूले
आफ्ना गुँड बनाएका थिए!
रूखको हाँगाहरूमुनि भूमिमा
सबै जीव जन्तुले बच्चा जन्माउथे।
सबै ठूला-ठूला राष्ट्रहरू
त्यो रूखको छाहारीमा बस्थे।
7 यसकारण रूख आफ्नो महानता
अनि लामो हाँगाहरूमा सुन्दर थियो।
किनकि यसको जराहरूमा यथेष्ट पानी थियो।
8 परमेश्वरका बगैंचाको कुनै देवदारूको रूख पनि
त्यस्तो थिएन जस्तो यो रूख थियो।
सल्लाहको रूखले यति ज्यादा हाँगाहरू राख्दैन थियो।
देवदारूको रूखले पनि यस्तो हाँगाहरू राख्दैन थियो।
परमेश्वरको बगैंचाको कुनै पनि रूख,
यति सुन्दर थिएन जति यो थियो।
9 मैले धेरै हाँगाहरूसहित यसलाई सुन्दर बनाएँ,
अनि परमेश्वरको बगैंचाको अदानका सबै रूखहरूले
यो रूखको ईर्ष्या गर्थ्यो!’”
10 यसकारण, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ: “रूख अग्लो भएकोछ। यसले आफ्नो हाँगाहरू बादल सम्म पुर्याएकोछ। यो घमण्डी छ किनकि यो अग्लो छ। 11 यसकारण मैले एकजना शक्तिशाली राजालाई यो रूख दिएँ। त्यो शाकले त्यस रूखलाई दुष्ट कामका निम्ति दण्ड दियो। मैले त्यो रूखलाई आफ्नो बगैंचाबाट बाहिर फ्याँकेँ। 12 विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेंसीहरूमा झर्यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भाँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए।
पावल आफ्नो पत्र समाप्त गर्छन्
11 यो म आफैं लेख्दैछु। हेर कति लामो चिठ्ठी म लेख्छु। 12 कसैले तिमीहरूलाई खतना गर्न कर लगाउलान्। अरूले तिनीहरूलाई मानुन् भन्ने आशामा मात्र तिनीहरूले त्यसो गर्छन्। ख्रीष्टको क्रूसलाई मात्र मान्दा तिनीहरूको खेदो होला कि भनेर ती डराउँछन्। 13 जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफैं व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफूमा गर्व गर्छन्।
14 म चाँहि त्यस्ता कुरामा गर्व गर्दिन भन्ने आशा गर्छु। म हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा गर्व गर्छु। क्रूसद्वारा संसार मेरोलागि मरेको छ र संसारकोलागी म मरिसकेको छु। 15 खतना किन गर्नु? त्यो कुनै महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा हो परमेश्वरले बनाउनु भएको नयाँ मानिस हुनु। 16 यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।
17 अब उसो कसैले मलाई धेरै कष्ट नदेऊ। मेरो शरीरभरि चोटका दागहरू छन्। यी दागहरूले प्रमाण गर्छ कि म ख्रीष्ट येशूकै हुँ।
18 मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मामा रहिरहोस् भनी म प्रार्थना गर्छु। आमिन।
© 2004, 2010 Bible League International