Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
इजकिएल 17:22-24

22 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो:

“म लामो देवदार वृक्षको एउटा हाँगा लिन्छु।
    म बृक्षको टुप्पाको एउटा सानो हाँगा लिन्छु।
    अनि म स्वंय त्यसलाई अग्लो पर्वतमा रोप्छु।
23 म स्वंयले यसलाई इस्राएलको अग्लो पर्वतमा रोप्नेछु।
    यो हाँगा एउटा सुन्दर रूखमा परिणत हुनेछ।
यसको हाँगा निक्लन्छ अनि यसले फल दिन्छ,
देवदारको रूखमा परिणत हुन्छ।
    अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउँनेछन्।

24 “तब अर्को वृक्षले थाहा पाउँछ कि
    म अग्लो रूखलाई भूईंमा लडाई दिन्छु
    अनि म सानो रूखलाई बढाउँछु।
त्यसलाई लामो बनाउँछु म हरियो रूखलाई सुकाई दिन्छु।
    म सुकेको रूखलाई हरियो बनाई दिन्छु
म परमप्रभु हुँ।
    यदि मैले गर्छु भने पछि त्यो निश्चय गर्नेछु।”

भजनसंग्रह 92:1-4

विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।

92 परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
    सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
    अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
    तपाईंको लागि बजाउनु असल कुरा हो।
हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो।
    हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।

भजनसंग्रह 92:12-15

12 असल मानिसहरू लेबानेनमा
    परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
13 परमप्रभुको मन्दिरमा रोप्न लगिएको धर्मी मानिसहरू
    हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
14 तिनीहरू बृद्ध भए तापनि
    तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
15 तिनीहरू त्यहाँ हुनु नै “परमप्रभु असल हुनुहुन्छ,” भन्नलाई नै हो।
    उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।

2 कोरिन्थी 5:6-10

यसैकारण हामी सधैँ भरोसामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं। हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन। त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यहीं बस्न खोज्छौं। हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं। 10 न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।

2 कोरिन्थी 5:11-13

मद्दतकारी मानिस परमेश्वरका मित्र बन्छन्

11 परमप्रभुको डरको अर्थ हामी जान्दछौं। यसरकारण मानिसलाई सत्य ग्रहण गर्न हामी सघाउँछौं। हामी वास्तवमा के हौं, परमेश्वर जान्नुहुन्छ। अनि म आशा गर्छु तिमीहरू पनि आफ्नो हृदयमा हामीलाई जान्दछौ। 12 हामी आफूलाई तिमीहरू अघि प्रमाणित गर्ने कोशिश फेरि गर्दैनौं तर हामी तिमीहरूलाई आफ्नैं बारेमा भन्दैछौं। हाम्रा बारेमा किन गर्वित बन्ने कारणहरू तिमीहरूलाई दिंदैछौं। तब बाहिरी कुराहरूमा जो देखिन्छन् गर्व गर्नेहरूको निम्ति तिमीहरूलाई जवाफ हुनेछ। कसको हृदयमा के छ ती मानिसहरूले वास्ता राख्दैनन्। 13 यदि हामी पागल हौं भने, त्यो परमेश्वरकोलागि हो। यदि हाम्रो मन ठीक छ भने, त्यो तिमीहरूको लागि हो।

2 कोरिन्थी 5:14-17

14 ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो। 15 ख्रीष्टले सबैको लागि प्राण दिनु भयो जसमा कि अब उसो जो बाँचेकाछन् तिनीहरू आफ्नोलागि मात्र बाँच्न हुँदैन। उहाँले तिनीहरूकै लागि प्राण दिनुभयो औ तिनीहरूकोलागि बौर्याइनु भयो, यसर्थ ती मानिसहरू उहाँको लागि बाँच्नु पर्छ।

16 अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई सम्झने छैनौं। साँच्चो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले सम्झे जस्तै सम्झन्थ्यौं तर अब हामी त्यसरी सम्झँदैनौं। 17 यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ।

मर्कूस 4:26-34

येशू बीऊको बारेमा भन्नु हुन्छ

26 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ। 27 बिऊहरू उम्रेर बढ्न थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रँदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ। 28 कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ। 29 जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।”

राज्य रायोको दाना जस्तै हो

(मत्ती 13:31-32,34-35; लूका 13:18-19)

30 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सक्छौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौं? 31 परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ। 32 तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगउँछन्।”

33 येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो। 34 मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International