Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 74

आसापको “मस्किल” भन्ने भजन।

74 हे परमेश्वर, के तपाईंले हामीलाई सधैँको निम्ति त्याग्नु हुन्छ?
    के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?
तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्।
    तपाईंले हामीलाई बचाउँनु भयो। हामी तपाईं कै सम्पत्ति हौ।
जहाँ तपाईं बस्नु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्।
परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्,
    पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्।

शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए।
    तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे।
शत्रुका सैनिकहरू यस्ता देखिन्छन्,
    कि घाँस काट्ने मानिसहरू घाँस काटिरहे जस्तो।
हे परमेश्वर, तिनीहरूले आफ्ना बन्चरो र हँसियाहरू चलाउँदै,
    तपाईंको मन्दिरका चौकटहरू काट्दै भत्काउने छन्।
ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए।
    जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो
    तिनीहरूले त्यो मन्दिर भूईँमा लडाए।
शत्रुले हामीलाई पूर्ण रूपले तहस्‌-नहस्‌ पार्ने निर्णय गरे,
    तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए।
हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं।
    अब त्यहाँ अगमवक्ताहरू छैनन्।
    के गर्नु पर्ने कसैले जान्दैनन्।
10 हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो?
    के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैँ दिइरहनुहुन्छ?
11 हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ?
    तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो।
12 हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ,
    तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ।
13 हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो,
    समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो।
14 तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो,
तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो,
    अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो।
15 तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो
    अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो।
16 हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ।
    तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।
17 तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो।
    अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो।
18 हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो।
    ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्!
19 ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्!
    तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्!
20 हाम्रो करार याद गर्नुहोस्!
    यस धर्तीको प्रत्येक अंध्यारो जग्गामा हिंसात्मक रूप छ।
21 हे परमेश्वर, तपाईंका मानिसहरूलाई दुर्ब्हाबार गरियो।
    तिनीहरू प्रति कष्ट दिन तिनीहरूमाथि अझ लज्जित नबनाउनु होस्।
    दीन-दुःखी, असहाय मानिसहरूले तपाईंको प्रशंसा गर्न सकुन्।
22 हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्!
    सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!
23 तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्,
    तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे।

यशैया 26:16-27:1

16 हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन्
    तिनीहरूले तपाईंलाई याद गर्दछन्।
जब तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ।
    मानिसहरूले तपाईं प्रति चुपचाप प्रार्थना गर्दछन्।
17 हे परमप्रभु, जब हामी तपाईंसँग थिएनौं,
    हामी प्रसुती वेदनामा रूने स्त्री जस्तै थियौं।
18 हामीलाई प्रचण्ड वेदना थियो।
    तर हामीले हावा मात्र जन्मायौं।
हामीले संसारका लागि मानिसहरू बनाउन सकेनौं।
    हामीले यस धर्तीमा मुक्ति ल्याएनौं।
19 तर परमप्रभु भन्नुहुन्छ,
“तिम्रा मानिसहरू पहिल्यै मरिसकेका छन्,
    तर तिनीहरू फेरि बाँच्नेछन्।
मेरा मानिसहरूका मृत शरीरहरू मृत्युबाट उठ्नेछन्।
    मृत मानिसहरू भूईंमा उभिएर आनन्दित हुन्छन्!
    शीतले तपाईंलाई यस प्रकार छोप्नेछ
जसरी नयाँ विहानको शीतमा,
    प्रकाशका चमक हुन्छ।
नयाँ समय आएको संकेत दिन्छ
    जब पृथ्वीले मृत्युलाई त्याग गर्छ।”

न्याय, पुरस्कार अथवा दण्ड

20 हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ।
    ढोकाहरू बन्द गर।
केही क्षणको लागि आफ्ना कोठाहरूभित्र लुक।
    परमेश्वरको क्रोध शान्त नभइन्जेल सम्म लुक।
21 संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई,
    परमप्रभुले आफ्नो ठाउँ छोडेर आउनु हुनेछ।
पृथ्वीमा जो-जो मारिए उनीहरूको रगत प्रकट गराइनेछ।
    पृथ्वीले धेरै बेरसम्म मृत मानिसहरू छिपाउने छैन।

27 त्यस समयमा परमप्रभुले लिब्यातानको न्याए गर्नु हुनेछ।
    लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो,
जसमाथि परमप्रभुले आफ्नो विशाल तरवार चलाउनु हुनेछ।
    उहाँले आफ्नो शक्तिशाली तरवारद्वारा, सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ।
    परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।

लूका 11:14-28

परमेश्वरबाट येशूले शक्ति पाउनु भएको

(मत्ती 12:22-30; मर्कूस 3:20-27)

14 कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे। 15 तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।”

16 अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए। 17 तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशूले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफैं नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ। 18 यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ। 19 यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने, तिम्रो मानिसहरूले अरू भूतहरू धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन् 20 तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।

21 “जब कुनै बलवान मानिसले धेरै हात हतियारहरू लिएर आफ्नो घरको रक्षा गर्दछ भने, त्यसको घरमा सबै मालमत्ताहरू सुरक्षित नै रहन्छ। 22 तर यदि ऊ भन्दा बलियो मानिस आएर उसलाई जित्छ भने तब त्यो अझ बलियो मानिसले सब हात हतियाहरू जसमाथि बलियो मानिसको भरोशा थियो खोसेर लैजान्छ। तब त्यो अझ बलियो मानिसको मालहरूमाथि व्यवहार गर्छ।

23 “यदि कुनै मानिस मसँग छैन भने ऊ मेरो विरोधमा छ, जो मानिस मसँग काम गर्दैन ऊ मेरो विरोधमा छ।

रित्तो मानिस

(मत्ती 12:43-45)

24 “जब एकजना मानिसबाट दुष्टात्मा निस्कन्छ, यो बिश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिंड्छ। अनि जब यसले कतै बिश्राम गर्ने ठाउँहरू पाउँदैन, यसले भन्छ, ‘म जून घरदेखि बाहिर आएको थिएँ त्यहीं फर्कन्छु।’ 25 जब त्यो आत्मा त्यो घर फर्कन्छ त्यसले त्यो घर बढारिएको पाउँछ। 26 तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट-आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।”

मानिसहरू साँच्चो रूपमा खुशी थिए

27 जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन्! अनि तपाईंलाई स्तन पान गराइन्!”

28 तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International