Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 3:8-15

जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरू बगैंचाको रुखहरू माझ लुके। परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”

10 तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।”

11 तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”

12 त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।”

13 तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?”

तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।”

14 तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो,

“तैंले यस्तो काम गरेको हुनाले,
    तँलाई अन्य पशुहरू गाई-वस्तु
र अरू सबै जङ्गली पशुहरूलाईभन्दा
    अझै ज्यादा श्राप दिनेछु।
तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु
    र माटो खाएर बस्नु परोस्।
15 म तँ र त्यस स्त्रीमाझ
    शत्रुता सृष्टि गर्नेछु।
तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि
    शत्रुता सृष्टि गर्नेछु
जसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन्
    अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।”

भजनसंग्रह 130

मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।

130 हे परमप्रभु, म गहीरो सङ्कटमा छु।
    यसैकारण म तपाईंलाई गुहार मान्छु।
मेरो स्वामी! मलाई ध्यान दिनु होस्।
    मेरो गुहार प्रति ध्यान दिनु होस्।
परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने,
    कुनै मानिस पनि जिउँदो हुने थिएन।
परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्,
    त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।

म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु,
    मेरो आत्माले उहाँलाई पर्खिन्छ,
    परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
म मेरो स्वामीलाई पर्खिरहेछु।
    म एकजना पहरेदार जस्तै छु,
    जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।
हे इस्राएल, परमप्रभुमाथि भरोसा गर।
    स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ।
परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ।
    अनि परमप्रभुले इस्राएलीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।

2 कोरिन्थी 4:13-5:1

13 धर्मशास्त्रमा यो लेखिएको छ, “मैले विश्वास गरें, यसकारण म बोलें।” हाम्रो विश्वास पनि त्यस्तै नै छ। हामी विश्वास गर्छौं र हामी बोल्छौं। 14 परमेश्वरले प्रभु येशूलाई मृत्युबाट जीवन दिनुभयो। अनि हामी जान्दछौं परमेश्वरले हामीलाई पनि येशूसित बौराउनु हुन्छ। परमेश्वरले हामीलाई तिमीहरूसितै ल्याउनु हुनेछ अनि हामी उनका अघि उभिने छौं। 15 यी सबै कुराहरू तिमीहरूका निम्ति हो ताकि परमेश्वरको महिमा धेरै मानिसहरूमा बाँढिदैछ। यसकारण, यसरी उहाँको महिमाका निम्ति परमेश्वरले धेरै धन्यवाद पाउनु भइरहेको छ।

विश्वासमा जिउनु

16 त्यसैकारणले हामी कहिल्यै कमजोर बन्दैनौं। हाम्रो भौतिक शरीर जीर्ण र कमजोर हुँदैछ तर हामीभित्रको आत्मा हरेक दिन नयाँ बनिदैछ। 17 यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दैछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ। 18 त्यसैले हामीले देख्न नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन। प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सधैँको लागि हुनेछ।

हामी जान्दछौं, यस धर्तीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।

मर्कूस 3:20-35

कसैले येशूमा शैतान भएको ठान्छन्

(मत्ती 12:22-32; लूका 11:14-23; 12:10)

20 त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन। 21 येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।

22 अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल (शैतान) उहाँभित्र रहेको छ! उसले दुष्ट-आत्माहरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट-आत्माहरू भगाउँदछ।”

23 यसकारण येशूले सबैलाई एकत्र गर्नु भयो अनि मानिसहरूलाई शिक्षा दिनलाई नीति कथाहरूको दृष्टान्त भन्नु भयो। येशूले भन्नुभयो, “शैतानले शैतानलाई मानिसहरूबाट कसरी निकाल्न सक्छ? 24 यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगड़ा गरे, त्यो धेरै दिन चल्न सक्तैन। 25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन। 26 जब शैतान, शैतानसँगै र आफ्नै मानिसहरूसँगै झगडा़ गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।

27 “यदि कुनै मानिस एकजना बलवान मानिसको घरमा उसका चीजबीज चोर्न भनी पस्न चाहान्छ भने उसले पहिले त्यो बलवान मानिसलाई डोरीले बाँध्नु पर्छ, तब मात्र त्यसले त्यो बलवान मानिसको घरबाट चीजहरू लुट्न सक्दछ।

28 “म तिमीहरूलाई साँच्चो भन्दछु, मानिसहरूले गरेका सबै पापहरू अनि निन्दाहरू क्षमा हुनेछ। 29 तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैँ त्यो पापको दोषी बन्नु पर्नेछ।”

30 येशूले यसो भन्नुभयो किनभने शास्त्रीहरूले येशूभित्र दुष्टात्मा रहेको छ भनेका थिए।

येशूको चेलाहरू नै उहाँको साँच्चो परिवार

(मत्ती 12:46-50; लूका 8:19-21)

31 तब येशूका आमा र भाइहरू आए, उनीहरू बाहिरै खड़ा भएर एकजनालाई येशूलाई बोलउन पठाए।

32 धेरै मानिसहरू येशूको वरिपरि बसेका थिए। तिनीहरूले येशूलाई भने, “तापईका आमा र भाइहरू बाहिर तपाईंलाई पर्खी रहेकाछन्।”

33 येशूले उत्तर दिनु भयो, “को चाँहि मेरा आमा हुन्? को चाँहि मेरा भाइहरू हुन्?” 34 तब येशूले आफ्ना वरिपरि गोलो भएर बसेका मानिसहरूलाई हेर्नुभयो। उहाँले भन्नुभयो, “यी मानिसहरू नै मेरा आमा र भाइहरू हुन। 35 मेरा साँच्चा भाइ बहिनीहरू र आमा तिनीहरूनै हुन् जसले परमेश्वरले चाहे अनुसार कर्म गर्दछन्।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International