Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 78:1-4

आसापको “मस्किल” भन्ने भजन।

78 मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन।
    मैले भनेका कुराहरूमा ध्यान देऊ।
म तिमीहरूलाई यो कथा भन्ने छु।
    म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
हामीले ती कथाहरू सुन्यौं, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौं।
    हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
अनि हामी त्यो कथा भुल्ने छैनौं।
    हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।
हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौं,
    अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।

भजनसंग्रह 78:52-72

52 त्यसपछि परमेश्वरले इस्राएललाई गोठालोले झैं डोर्याउनु भयो।
    उहाँले तिनीहरूलाई मरुभूमिमा भेंडा झैं डोर्याउनु भयो।
53 उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो।
    उहाँका मानिसहरू डराउने कुनै कामै थिएन।
    परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।
54 परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्याउनु भयो,
    उहाँले आफ्ना मानिसहरूलाई आफ्नो शक्तिले बनाउनु भएको पर्वत तिर डोर्याउँनु भयो।
55 परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोड्न बाध्य गराउनु भयो।
    परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो।
    उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो।
56 तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे,
अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे।
    तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्।
57 इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए।
    तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे।
    तिनीहरूले झट्टारो फ्याँके[a] जस्तै व्यवहार गरे।
58 इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए।
    तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।
59 परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो।
    अनि उहाँले इस्राएललाई पूर्ण नष्ट गर्नुभयो।
60 उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो।
    परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।
61 परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो।
    शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।
62 परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो।
    उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।
63 जवान पुरूषहरू जलेर मरे,
    अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्।
64 पूजाहारीहरू मारिदिए,
    तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।
65 अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै,
    धेरै मद पिएको सिपाही जस्तै,
    हाम्रो स्वामी ब्यूँझनु भयो।
66 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो।
    उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो।
67 तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो।
    उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।
68 अँहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो।
    परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
69 परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो।
    परमेश्वरले आफ्नो पवित्र मन्दिर पृथ्वी झैं सदा-सर्वदाको निम्ति बनाउनु भयो।
70 परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो।
    दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।
71 दाऊदले भेंडालाई हेरचाह गरिरहेका थिए तर परमेश्वरले दाऊदलाई,
उहाँका आफ्ना मानिसहरूलाई, हेरचाह गर्ने काम सुम्पनु भयो।
    याकूबका मानिसहरूको हेरचाह गर्ने, इस्राएल का मानिसहरूलाई हेरचाह गर्ने,
    परमेश्वरको सम्पत्ति हेरचाह गर्ने काम सुम्पनु भयो।
72 दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए।
    र खुब सतर्कता साथ तिनीहरूलाई अगुवाई गरे।

1 शमूएल 21:1-6

पूजाहारी अहिमेलेकसँग दाऊदको भेट

21 त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए। दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए।

अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?”

दाऊदले अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, ‘यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्।’ जो मैले भनें। मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नुपर्ने हो बताइदिएको छु। अब यो भन ‘तिम्रोमा खानेकुरो के छ?’ मलाई पाँचवटा रोटी वा जे छ देऊ।”

पूजाहारीले दाऊदलाई भने, “मेरोमा त्यस्तो साधारण रोटी छैन। तर मसँग केही पवित्र रोटी छन्, यदि तपाईंका अधिकारीहरूले कुनै स्त्रीहरूसँग सहवास गरेका छैनन्, भने यो रोटी खान सक्छन्।”

दाऊदले पूजाहारीलाई जवाफ दिए, “आज भोलि हामीले कुनै स्त्री साथमा राखेका छैनौ। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैँ पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।”

त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।

यूहन्ना 5:1-18

जल-कुण्डको छेउमा भएको मानिसलाई येशूले निको पार्नुभयो

त्यसपछि येशू यहूदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो। यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहूदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेंडा़-ढोकाको नजीकमा छ। धेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए।[a] [b] त्यहाँ अठ्तीस वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो। येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः येशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुन चाहन्छौ?”

त्यस रोगीले उत्तर दियो, “महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ पस्न सहायता गर्ने कोही छैन्। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पसि हाल्छ।”

तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड” तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिँड्न थाल्यो।

त्यस्तो घट्ना भएको दिन विश्रामको दिन[c] थियो। 10 तब यहूदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।”

11 तर त्यस मानिसले भन्यो, “जुन मानिसले मलाई निको तुल्याउनु भयो, उनैले भन्नुभयो, ‘तिम्रो ओछ्यान उठाउ र हिँड।’”

12 यहूदीहरूले सोधे, “तिमीलाई त्यसरी ओछ्यान बोकेर जाऊ भन्ने मानिस को हो?”

13 तर त्यो मानिसले जसद्वारा आफू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटुक्क गइसक्नु भएको थियो।

14 केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नु भयो, “हेर, अब तिमी ठीक भयौ। तर अब पाप नगर, तिमीमाथि अझ खराब घट्नाहरू नघटोस्।”

15 तब त्यो मानिस यहूदीहरूकहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नु भयो उहाँ येशू हुनु हुँदोरहेछ।

16 येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले। 17 तर येशूले यहूदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिँदिन।”

18 येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International