Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 47

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।

47 हे सारा मानिसहरू हो ताली बजाऊ।
    परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ।
    सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।
अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो,
    उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।
परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो।
    उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।

नरसिंह र तुरहीको आवाजमा,
    जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
परमेश्वरको स्तुति-गान गर।
    स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ।
    प्रशंसाको[a] गीतहरू गाऊ।
परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ
    र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्।
    अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन।
सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन।
    परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।

प्रस्थान 24:15-18

मोशा परमेश्वरसित भेंट गर्छन्

15 तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो। 16 परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासँग बादलबाट कुरा गर्नु भयो। 17 परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।

18 तब मोशा अझै धेरै बादलभित्र गए। पर्वतमाथि मोशा चालीस दिन र चालीस रात बसे।

प्रकाश 1:9-18

म यूहन्ना हुँ अनि म तिमीहरूको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ। 10 परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो। 11 त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरूमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”

12 को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फर्किएँ। जब म फर्किएँ, मैले सुनका सातवटा दीप-दानी देखे। 13 मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो। 14 तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए। 15 तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो। 16 उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुइपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

17 जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ। 18 म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International