Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 62:5-12

मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ।
    परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ।
    परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
मेरो गौरव र विजय परमेश्वरबाट आउँछ।
    उहाँ मेरो बलियो किल्ला र मेरो शरणस्थान हुनुहुन्छ।
हे मानिसहरू! परमेश्वरमाथि सधैँ भरोसा राख।
    तिमीहरूको सम्पूर्ण सङ्कटहरू परमेश्वरलाई बताऊ।
    परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।

मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्।
    तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ।
परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन्
    फगत तिनीहरू पानीको वाफ हुन्।
10 सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।
    चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच।
अनि जब तिमी धनाढ्‌य हुनेछौ,
    सहयोगको लागि धनीहरूमाथि आशा नगर।
11 परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ,
    अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’”

12 हे मेरो स्वामी, तपाईंको प्रेम साँच्चो छ।
    परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।

यर्मिया 19

फुटेको भाँडो

19 परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, जाऊ अनि कुमालेकोबाट माटोको भाँडो किन। मानिसहरूका केही प्रमुखहरू र पूजाहारीहरू कहाँ लैजाऊ। बेन-हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ। अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, म यस ठाउँमा सर्वनाश ल्याउँदैछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ। म ती कुराहरू हुन दिनेछु किनभने यहूदाका मानिसहरूले मलाई त्यागेका छन्। तिनीहरूले यो ठाउँ विदेशी मूर्तिहरूले भरेकाछन्। यहूदाका मानिसहरूले अन्य देवताहरूलाई बलिहरू चढाए जसलाई न तिनीहरूका पिता-पुर्खाहरू न यहूदाका राजाहरूले चिनेका छन्। अनि तिनीहरूले यो ठाउँ निर्दोष रगतले भरिदिए। आफ्नो नानीहरू बाललाई आगोमा चढाउनु तिनीहरूले अल्गा ठाउँहरू बनाए। मैले तिनीहरूलाई यसो गर्नु भनेको थिइनँ। मैले तिनीहरूलाई आफ्नो नानीहरू बलिदान गर्नु भनेको थिइनँ। मैले यस्तो कुराहरू सोचेको पनि थिइनँ। अहिले मानिसहरूले यस ठाउँलाई तोपेत्त र बेन-हिन्नोनको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेताउनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन। यस ठाउँमा, म यहूदा र यरूशलेमका योजनाहरू नष्ट पारिदिनेछु। म तिनीहरूलाई आफ्नो शत्रुहरूको तरवार अघि पर्ने बनाउनेछु तिनीहरूको सम्मुख पारिदिनेछु जसले तिनीहरूको जीवन खोजिरहेका छन्। म तिनीहरूको लाशहरू जंगली जनावर र चरा चुरूङ्गिहरूको आहार बनाइदिन्छु। म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्। शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन्। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन् तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’

10 “तब तिमीसित जो जो गएकाछन् तिनीहरूको उपस्थितिमा भाँडो फुटाऊ। 11 त्यस समयमा यी वचनहरू भन ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ म यहूदाको राज्य र यरूशलेमको शहर, जसरी कसैले कुमालेको भाँडा फुटाउँछ र त्यो जोडिन सक्तैन। मृत शरीरहरू तोपेतमा दपनाइनेछ जब सम्म त्यहाँ जग्गा शेष हुँदैन। 12 म यस्तो यस भूमिमा र यसका बासिन्दाहरूका निम्ति गर्नेछु। म यस शहरलाई तोपेत झैं पार्नेछु।’ यही परमप्रभुको सन्देश थियो। 13 ‘यरूशलेमका घरहरू र यहूदाको राजाका महलहरू तोपेतको ठाउँहरू जस्तै “अशुद्ध” पार्नेछु। यस्तो चीजहरू किन हुन्छ? किनभने मानिसहरूले ती घरहरूका छानामाथि झूटो देवताहरू पूजे। तिनीहरूले ताराहरू पूजे र तिनीहरूका सम्मानमा होमबलि समर्पित गरे। तिनीहरूले अरू देवताहरूलाई अर्घबलि चढाए।’”

14 तब यर्मिया तोपेतबाट गए जहाँ परमेश्वरले उसलाई प्रचार गर्न भन्नु भएको थियो। यर्मिया परमेश्वरको मन्दिर तिर गए अनि मन्दिरको चोकमा उभिए। यर्मियाले सबै मानिसहरूलाई भने 15 “यो सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ, किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अट्टेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।’”

प्रकाश 18:11-20

11 “पृथ्वीका व्यापरीहरू रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरू शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरूको चीजहरू किन्नु कोही आउने छैन। 12 तिनीहरू सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बैजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत, बहुमूल्य काठ, काँसा, फलाम अनि सिङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरू बेच्छन्। 13 ती व्यापारीहरू दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा़, घोडा, रथ, कमारा अनि कमारीहरू मानव-आत्माहरू पनि बेच्छन्। तिनीहरू विलाप गर्नेछन् अनि भन्नेछन्,

14 ‘हे बेबिलोन, तिम्रो इच्छाका आकर्षित बस्तुहरूले, तिमीलाई त्यागे,
तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरू अल्पिए।
    तिमीले ती बस्तुहरू फेरि कहिल्यै पाउने छैनौ।’

15 “ती व्यापारीहरू त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरू नै हुन् जो यस्ता चीजहरू बेचेर धनवान भए। तिनीहरू रुनेछन् अनि शोक गर्नेछन्। 16 तिनीहरूले भन्नेछन्:

‘कष्ट! कष्ट महानगरलाई,
    ऊ मिहीन मलमल, बैजनी,
    अनि रातो बस्त्रको पहिरनमा थिई।
    ऊ सुन, रत्न अनि मोतीहरूद्वारा चम्किकरहेकी थिई!
17 यी सबै वैभवहरू घण्टा भरमा ध्वंस भयो!’

“प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरू जो जहाजमा यात्रा गर्छन्, नाविकहरू अनि सम्पूर्ण मानिसहरू जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढै रहे। 18 तिनीहरूले त्यो जलेको धुवाँ देखे। तिनीहरूले ठूलो स्वरमा भने, ‘यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!’ 19 तिनीहरूले आफ्ना शिरमा धूलो हाले। तिनीहरूले विलाप गरे अनि अफसोस गरे। तिनीहरूले ठूलो आवजमा भने,

‘कष्ट! महानगरको निम्ति कति कष्ट!
    सबै मानिसहरू जसका समुद्रमा जहाजहरू थिए, उसको सम्पत्तिद्वारा धनवान भए!
    तर घण्टा भरमा त्यसको ध्वंस भयो।
20 हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ!
    खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू।
किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।’”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International