Revised Common Lectionary (Complementary)
पहिलो भाग
(भजनसंग्रह 1–41)
1 यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
पापीहरूको जस्तो जीवन बिताउँदैन,
अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
2 धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ।
ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ
ऊ ठीक समयमा फल दिने रूख सरह हो।
ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन
उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ।
4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ।
5 यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्,
तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्।
ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
6 किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,
तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
25 “यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अघि निहुरी रहें किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्य गर्नु भएको थियो। 26 मैले परमप्रभुलाई प्रार्थना गरें र भनें, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिमा छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन् र यिनीहरूलाई नष्ट नगर्नुहोस्। 27 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकूबलाई दिनु भएको प्रतिज्ञा सम्झनु होस्। तिनीहरू कति हठ्ठी छन् त्यो बिर्सनु होस् अनि तिनीहरूले गरेको पाप तिर नहेर्नु होस्। 28 यदि तपाईंले तिनीहरूलाई सजाय दिनुभयो भने मिश्र देशवासीहरूले भन्ने छन्, “परमप्रभु आफूले दिनु भएको प्रतिज्ञा अनुसार तिनीहरूलाई भूमि दिनु सक्षम हुनु भएन। उहाँले तिनीहरूलाई घृणा गर्नु भयो र मार्नुको निम्ति मरुभूमिमा लैजानु भयो।” 29 हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिंजाएर ल्याउनु भयो।’
करारको नयाँ शिला-पाटी
10 “त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुइवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ। 2 पहिलेको शिला-पाटीहरू जुन तिमीले फुटायौ, त्यसमा जे लेखिएको थियो म यी शिला-पाटीहरूमा पनि त्यही शब्दहरू लेख्नेछु। त्यसपछि ती पाटीहरू तिमीले सन्दूकमा राख।’
3 “यसकारण मैले बबूल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए। 4 पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैं त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो। 5 म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखें परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”
7 ती नवयुवाहरूका निम्ति हरेक कुरामा असल-असल काम गर्दै तिमी एक उदाहरण बन्नु पर्छ। जब तिमी तिनीहरूलाई सिकाउँछौ इमान्दार अनि गम्भीर बन। 8 जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफैं लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।
11 हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।
12 त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ। 13 हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई पर्खिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ। 14 उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
15 यी कुराहरू मानिसहरूलाई भन। तिम्रो पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन सम्झेर त्यस्तै व्यवहार नगरून्।
© 2004, 2010 Bible League International