Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 98

एउटा प्रशंसाको गीत।

98 परमप्रभु प्रति नयाँ गीत गाऊ
    किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
उहाँको पवित्र दाहिने पाखुराले
    उहाँलाई फेरि विजय तुल्यायो।
परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो।
    परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए।
    सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर।
    प्रशंसाको गीत गाउन प्रारम्भ गर!
परमप्रभुको प्रशंसा वीणा बजाएर गर।
    वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
तुरही र कर्णालहरू बजाऊ,
    अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
समुद्र र त्यहाँ भएका प्रत्येक कुराले,
    पृथ्वी र त्यसमा भएका प्रत्येक कुराले जोडले गाओस्।
हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार!
    पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं।
परमप्रभुको सम्मुख गाऔं!
    किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ।
उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ।
    उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।

दानियल 3:19-30

19 यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो। 20 त्यस पछि उनले आफ्ना केही सैनिकहरूलाई हुकूम गरे, ती शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँध अनि बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदेऊ।

21 सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुरूवाल, टोपी लगाएका थिए। 22 रिसाएका राजाद्वारा दिइएको कठोर आदेशको कारणले ती सेनाहरूले भट्टी यथास्थिती भन्दा सात गुणा बेशी तताए अनि ती सेनाहरू जब शद्रक, मेशक अनि अबेद्नगोलाई आगोमा हाल्न नजिक गए त्यसको तातोले ती सेनाहरू मारिए। 23 ती तीनजना शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए।

24 त्यस पछि राजा नबूकदनेस्सर छक्क परे र साह्रै उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौ?”

तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज!”

25 तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडेको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।”

26 त्यस पछि नबूकदनेस्सरले त्यस दन्किरहेको भट्टीको ढोका नजिक आएर भने, “हे शद्रक, मेशक अनि अबेद्नगो सर्वोच्च परमेश्वरका सेवक हो, निस्केर आऊ।”

त्यस पछि शद्रक, मेशक र अबेदनगो आगोबाट निस्केर आए। 27 प्रान्त, प्रान्तका बडा हाकिम, राज्यपाल, सल्लाहकार र भारदारहरू जम्मा भए अनि आगोले यी मानिसहरूको शरीरमा हानी गर्न नसकेको देखे। तिनीहरूको टाउकाको केश पनि जलेको थिएन। तिनीहरूको लुगा पनि आगोले डढेन र तिनीहरूमा आगोको रापसम्म पर्न पाएन।

28 त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन् जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउनु भयो। 29 अब म हुकुम गर्दैछु, कुनै पनि मानिस जुन सुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस्, जसले शद्रक मेशक अनि अबेद्नगोको परमेश्वरको निन्दा गर्ला त्यसलाई टुक्रा-टुक्रा बनाइनेछ र त्यसको घर उजाड पारिनेछ। किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैनन्।” 30 त्यस पछि राजाले बाबेलको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोको मान बढाई दिए।

प्रकाश 18:21-24

21 त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने:

“महानगर बेबिलोन यसरी नै फ्याँकिइने छ।
    अनि फेरि कहिल्यै पाइनेछैन।
22 वीणा अनि अरू वाद्य यन्त्र जस्तै बाँसुरी
    अनि तुरहीहरूबाट कहिल्यै मानव सँगीत सुनिनेछैनन्।
तेरोमा फेरि कुनै व्यवसायको
    कर्मी पाइने छैन।
तेरोमा कहिल्यै जाँतोको
    आवाज सुनिने छैन।
23 तेरोमा बत्तीको ज्योति
    फेरि कहिल्यै चम्कने छैन।
वेहुला-वेहुलीको स्वर
    तेरोमा सुनिने छैन।
तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए,
    समस्त राष्ट्रहरू तेरो जादू-टुना मुनाले छलिएका थिए।
24 अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्,
    तिनीहरूको रगतको दोषी छ बेबिलोन।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International