Revised Common Lectionary (Complementary)
96 परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ,
सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
2 परमप्रभु प्रति गाऊ, उहाँको नाउँको प्रशंसा गर!
सुसमाचार भन, प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
3 “परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ” भनेर मानिसहरूलाई भन,
परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन।
सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।
4 परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ।
उहाँ अन्य सबै “देवताहरू” को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।
5 अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्।
तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
6 उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ।
परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।
7 परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा
र महिमाको गीत गाऔं।
8 परमप्रभुको नाउँको प्रशंसा गर
आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।
9 पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर।
पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।
10 जाति-जातिहरूलाई घोषणा गर, परमप्रभु नै राजा हुन्,
ताकि संसार नष्ट नहोस्।
परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
11 हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन!
यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।
12 खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन।
जङ्गलका रूखहरू, गाऊ र खुशी बन!
13 जव तिनीहरूले परमप्रभु आईरहेको देख्नेछन्,
परमप्रभु संसारमा राजगर्न आउँदै हुनुहुन्छ,
परमप्रभुले संसारमा भएका राज्यहरूमा
पक्षपात नगरी न्याय र राज्य गर्नुहुनेछ।
राजाको चुनाव र कर्त्तव्य
14 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा पसेर बसो-बास शुरू गर्नेछौ तब तिमीहरूले भन्ने छौ, ‘जस्तो अन्य राज्यहरूमा राजाहरू छन् त्यसरी नै यहाँ पनि हामी राजा राख्छौं।’ 15 जब तिमीहरूले यस्तो विचार गर्छौ, तब परमप्रभुले जसलाई राजा रोज्नुहुन्छ तिमीहरूले पनि राजा मनोनित गर्नु पर्छ। तर त्यो मानिस कुनै विदेशी नभएर तिमीहरू कै समूहबाट हुनुपर्छ। 16 राजाले आफ्नो निम्ति धेरै-धेरै घोडाहरू राख्नु हुँदैन अनि उनले मानिसहरूलाई धेरै घोडाहरू लिनु मिश्र देश पठाउनु हुँदैन। किनभने परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ, ‘तिमीहरू कहिल्यै त्यो बाटो फर्केर जाने छैनौ।’ 17 राजाले धेरै पत्नीहरू राख्नु हुँदैन, किनभने त्यसले गर्दा उनी परमप्रभुबाट पर सर्ने छन्। अनि राजाले धेरै सुन र चाँदी राख्नु हुँदैन।
18 “अनि जब त्यस राजाले शासन गर्न शुरू गर्छ उनले लेवीहरू तथा पूजाहारीहरूकहाँ भएको पुस्तकबाट आफ्नो निम्ति व्यवस्था कानूनको प्रति तयार पारेर आफूसित राख्नु पर्छ। 19 राजाले त्यो पुस्तक आफूसित राख्नुपर्छ। किनभने राजाले परमप्रभु उनको परमेश्वरलाई सम्मान गर्नु पर्छ। राजाले व्यवस्थाले गरेको आज्ञा सम्पूर्ण पालन गर्नु सिक्नु पर्छ। 20 तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुशरण गर्ने छन् तिनीहरू इस्राएलमा धेरै समयसम्म शानस गर्नेछन्।
परमेश्वरका बथान
5 अब तिमीहरूको समूहमा भएका अग्रजहरूसँग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैंले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ। 2 जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। 3 तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। 4 तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।
5 हे युवकहरू, तिमीहरूलाई पनि मेरो केही भन्नु छ। तिमीहरूले अग्रजहरूको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरू सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।
“परमेश्वर अहंकारी मानिसहरूको विरुद्ध हुनुहुन्छ,
तर उहाँले नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ।”(A)
© 2004, 2010 Bible League International