Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 106:1-12

106 परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ।
    परमेश्वरको प्रेम अनन्त छ!
कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्।
    कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।
मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्।
    ती मानिसहरूले सधैँभरि असल कामहरू गर्दछन्।

हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ।
    मलाई पनि बचाउनु पर्छ भन्ने सम्झनु होस्।
हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस्
    जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो।
मलाई तपाईंका मानिसहरूसित प्रफुल्लित हुन दिनुहोस्।
    मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।

हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए।
    हामी अन्योलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!
हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्य कामहरूबाट
    मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्।
त्यहाँ लाल समुद्रद्वारा, हाम्रा पुर्खाहरू
    तपाईंका विरूद्ध उपस्थित भए।

तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
    परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।
परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो।
    परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरुभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।
10 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो!
    परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।
11 परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो।
    तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।

12 तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे।
    तिनीहरूले उहाँप्रति गुण-गान गरे।

उत्पत्ति 27:1-29

पैतृकधनखी समस्या

27 इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।”

एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”

इसहाकले भने, “हेर, म बूढो भइसकेकोछु। हुन सक्छ अब म चाँडै मर्नेछु। अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर। मेरो निम्ति स्वादिष्ट भोजन बनाएर मलाई दे, म खान्छु। तब म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिन्छु।” यसर्थ एसाव शिकार खेल्न गए।

जति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ। रिबेकाले आफ्नो छोरो याकूबलाई भनिन्, “सुन्! तेरो बाबु र दाज्यू कुरा गरिहेको मैले सुनें। तेरो बाबुले भने, ‘मेरो निम्ति एउटा जनावर मार। मेरो निम्ति भोजन बना र म खानेछु। त्यसपछि म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिनेछु।’ यसर्थ मेरा कुरा सुन छोरो, र म जसो भन्छु त्यसै गर। आफ्ना बाख्राहरू भएको ठाउँमा जा र दुइवटा मजाका बाख्राहरू लिएर आइज। म तिनीहरूबाट यस्तो स्वादिष्ठ भोजन तयार पार्नेछु जस्तो तेरो बाबुले मन पराउँछन्। 10 त्यसपछि तैंले तेरो बाबुलाई भोजन पुर्याउनु र उनको मृत्युअघि तँलाईं आशीर्वाद दिनेछन्।”

11 तर याकूबले आफ्नी आमालाई भने, “मेरा दाज्यू रौं नै रौं भएको मानिस हुन् म तिनी जस्तो रौं नै रौं भएको मानिस होइन। 12 यदि मेरा बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशीर्वाद दिने छैनन्। किनभने मैले उनीसँग हिंड्ने प्रयत्न गरे।”

13 यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाख्राहरू लिएर आइज।”

14 यसर्थ याकूब बाहिर गए अनि दुइवटा बाख्राहरू समाते अनि आमाकहाँ ल्याए। उनकी आमाले मासुको उसका बुबाले मन पराउने तरकारी पकाइन्। 15 त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्। 16 रिबेकाले बाख्राको पाठाका छालाहरू याकूबको गाला अनि हातमा वाँधिदिई। 17 तब उनले याकूबलाई आफूले पकाएको स्वादिष्ट भोजन अनि पोलेको रोटी दिईन्।

18 याकूबले आफ्नो बाबुको नजिक गएर भने, “बुबा।”

अनि उसको बाबुले सोधे, “के, तँ को होस्?”

19 याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”

20 तर इसहाकले आफ्नो छोरालाई भने, “तैंले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?”

याकूबले भने, “किनभने परमप्रभु परमेश्वले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।”

21 तब इसहाकले याकूबलाई भने, “मेरो छोरो, मेरो छेऊमा आइज, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।”

22 यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौंले भरिएकोले एसाव जस्तै लाग्छ।” 23 इसहाकले यो याकूब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकूबलाई आशीर्वाद दिए।

24 इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?”

याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।”

याकूबको निम्ति आशीर्वाद

25 तब इसहाकले भने, “मलाई खाने कुरो ल्याइदे। म त्यो खानेछु अनि तलाईं आशीर्वाद दिनेछु।” याकूबले इसहाकलाई खान दिए अनि तिनले खाए। त्यसपछि याकूबले तिनलाई केही दाखरस पनि दिए अनि उनले पिए।

26 त्यसपछि इसहाकले उनलाई भने, “मेरो छोरो, मेरो नजिकै आएर मलाई चुम्बन गर्”। 27 तब याकूबले आफ्नो बाबुको नजिक गएर चुम्बन गरे। इसहाकले तिनका लुगाहरूको गन्ध सुँघे र उनलाई आशीर्वाद दिए। इसहाकले भने,

“मेरो छोरो परमप्रभुबाट आशीर्वाद पाएको
    खेतको सुगन्ध झैं होस्।
28 परमप्रभुले तँलाईं धेरै बर्षा दिऊन्
    जसले गर्दा तँलाईं धेरै अन्न र दाखरसहरू प्राप्त होस्।
29 सबै मानिसहरूले तेरो सेवा गरून्।
    राष्ट्र तेरो अघि झुकोस्।
तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्।
तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्।

“प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ,
अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”

रोमी 16:1-16

अन्तिम शब्दहरू

16 म तिमीहरूलाई हाम्री बहिनी फिबीसँग परिचित गराउन चाहन्छु। उनी सक्रिय मण्डलीकी सेविका हुन्। परमप्रभुका मानिसहरूलाई सुहाउँदो हिसाबले उनलाई प्रभुको नाउँमा उनले चाहेका कुरामा जसरी भए पनि सघाऊ। उनले मलाई खुबै सहयोग गरेकी छन् र उनले अरूहरूलाई पनि धेरै सघाएकीछन्।

प्रिस्कीला र अक्वीलालाई नमस्कार भनिदेउ, जसले ख्रीष्ट येशूमा मसँगै काम गर्दथिए। तिनीहरूले मेरो जीवन बचाउन आफ्ना जीवन पनि जोखिममा हालेका थिए। म तिनीहरूलाई धन्यवाद दिन्छु र गैर-यहूदीहरूका सबै मण्डलीहरू पनि कृतज्ञ छन्।

अनि उनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि नमस्कार।

मेरा प्रिय मित्र इपेनितसलाई नमस्कार। एशियामा ख्रीष्टलाई मान्ने उनी प्रथम मानिस हुन्।

मरियमलाई पनि नमस्कार। उनले तिमीहरूका लागि कठिन काम गरेकी छन्।

एन्ड्रोनिकस र युनिसलाई पनि नमस्कार। तिनीहरू मेरा आफन्त हुन् र मसँगै जेलमा थिए। तिनीहरू प्रेरितहरूद्वारा सम्मानित छन्। तिनीहरू मभन्दा अगाडी नै ख्रीष्टका विश्वासीहरू बनेका थिए।

परमप्रभुको नाउँमा एमप्लिआतसलाई नमस्कार। उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्।

मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार। 10 अपोल्लासलाई पनि नमस्कार। उनी ख्रीष्टका साँच्चो विश्वासीको रूपमा जाँचिएका थिए र प्रमाणित पनि भए।

अरिस्तोबलस परिवारका सबै सदस्यहरूलाई नमस्कार। 11 हेरोदियनलाई नमस्कार, उनी मेरा कुटुम्ब हुन्।

नर्सिसस परिवारलाई पनि नमस्कार जो प्रभुमा छन्। 12 त्रिफेना र त्रिफोसालाई पनि नमस्कार। ती नारीहरू प्रभुमा खुबै खटेका छन्।

मेरा प्रिय मित्र परसीसलाई पनि नमस्कार। उनी पनि प्रभुमा खुब खटिन्।

13 रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्।

14 अर्सिक्रितस, पलेगन, हर्मस, पत्रोबास अनि ख्रीष्टमा भएका सबै दाज्यू-भाइ दिदी-बहिनीहरूलाई पनि नमस्कार।

15 फिलोलोगस र जुलिया, नेरियस र उनकी बहिनी ओलिम्पासलाई नमस्कार। अनि उनीहरूसँग भएका सबै विश्वासीहरूलाई नमस्कार।

16 जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर।

ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन पठाउँछन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International