Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 133

यात्राको एक गीत, दाऊदको भजन।

133 जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन
    त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।
हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ।
    त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।
यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ।
    किनभने यो सियोनमा थियो,
    जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।

उत्पत्ति 50:22-26

22 यूसुफ उनको परिवारसित मिश्रमा बसे। यूसुफ एक सय दश बर्ष पुगेर मरे। 23 यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाति-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।

यूसुफको मृत्य

24 जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।”

25 तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।”

26 यूसुफ जब एक सय दश बर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे।

मर्कूस 11:20-25

येशूद्वारा विश्वासको शक्ति प्रदर्शन

(मत्ती 21:20-22)

20 अर्को बिहान, येशू आफ्ना चेलाहरूसँग जाँदै हुनु हुन्थ्यो। तिनीहरूले अन्जीरको रूख देखे जसलाई येशूले शराप दिनुभएको थियो। अन्जीरको रुख जरादेखि टुप्पो सम्मै सुकिसकेको थियो। 21 पत्रुसले येशूलाई भने, “हे रब्बी, अन्जीरको रूखलाई हेर्नुहोस् जसलाई तपाईंले हिजो सराप्नु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”

22 यशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख। 23 म तिमीहरूलाई साँच्चो भन्दछु, तिमीहरूले यो पर्वतलाई भन्सक्छौ, जा अनि समुद्रमा खस्। अनि यदि तिमीहरूको मनमा कुनै शंका छैन, अनि तिमीले विश्वास गरेको खण्डमा तिमीले भनेको कुरा घट्ने छ, तब परमेश्वरवले तिम्रो निम्ति यसो गरिदिनु हुनेछ। 24 यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछौ। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ। 25 जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International