Revised Common Lectionary (Complementary)
यात्राको एक गीत, दाऊदको भजन।
133 जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन
त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।
2 हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ।
त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।
3 यो हर्मोन पर्वतबाट आएर सियोन पर्वतमा झरिरहेको हिऊँ जस्तो छ।
किनभने यो सियोनमा थियो,
जहाँ परमप्रभुले अनन्त जीवनको आशीर्वाद दिनुभएको थियो।
8 तब इस्राएलले यूसुफका छोराहरूलाई देखे। इस्राएलले भने, “यी केटाहरू को हुन्?”
9 यूसुफले आफ्नो बाबुलाई भने, “यिनीहरू मेरा छोराहरू हुन। परमेश्वरले यी छोराहरू नै मलाई दिनु भएको हो।”
इस्राएलले भने, “ती तिम्रा छोराहरूलाई मकहाँ ल्याऊ, म तिनीहरूलाई आशीर्वाद दिन्छु।”
10 इस्राएल बूढो भइसकेकोले आखाँ राम्रो देख्दैन थिए। यसर्थ यूसुफले ती छोराहरूलाई आफ्ना बाबु नजिक ल्याए। इस्राएलले ती केटाहरूलाई चुम्बन गर्दै अङ्गालो हाले। 11 तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरू समेत मलाई भेटगराउँनु भयो।”
12 यूसुफले ती केटाहरूलाई आफ्ना बाबुको घुँडाबाट हटाए अनि तिनीहरू सबै आफ्नो बाबुअघि निहुरिए। 13 यूसुफले एप्रैमलाई दाहिने तिर र मनश्शेलाई आफ्नो देब्रेतिर राखे। (यसरी एप्रैम याकूबको देब्रे र मनश्शे दाहिने पट्टी थिए।) 14 तर इस्राएलले हात लम्काएर आफ्नो दाहिने हात सानो नानी एप्रैमको शिरमा राखे। त्यसपछि उनले आफ्नो देब्रे हात ठूलो चाँहि नानी मनश्शेको शिरमा राखे। मनश्शे पहिले जन्मेको र एप्रैमभन्दा जेठो भएता पनि इस्राएलले त्यसको शिरमा देब्रे हात राखे। 15 अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने,
“मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे,
अनि परमेश्वरले नै मेरो जीवनभरि डोर्याउँनु भयो।
16 उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो।
अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ।
मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्।
तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”
17 यूसुफले आफ्ना बाबुले एप्रैमको शिरमा दाहिने हात राखेको देखे र यस मा यूसुफ खुशी भएनन्। उनले इस्राएलको दाहिने हात एप्रैमको शिरबाट हटाएर मनश्शेको शिरमाथि राख्न चाहन्थे, र तिनले आफ्नो बाबुको हात समाते। 18 यूसुफले आफ्नो बाबुलाई भने, “तपाईंको दाहिने हात एप्रैमको शिरमा पर्यो तर त्यो राम्रो भएन कारण मनश्शे पहिले जन्मेको हो। यसर्थ तपाईंको दाहिने हात उसको शिरमा राख्नु होस्।”
19 तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि ऊ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”
20 यसर्थ इस्राएलले तिनीहरूलाई त्यस दिन आशीर्वाद दिए। उनले भने,
“जहिले पनि इस्राएलका मानिसहरूले आशीर्वाद दिंदा,
तिमीहरूको नाउँ उच्चारण गर्नेछन्।
तिनीहरूले भन्नेछन्, ‘परमेश्वरले तिमीहरूलाई पनि
एप्रैम र मनश्शे झैं महान बनाउन्।’”
यसरी इस्राएलले एप्रैमलाई मनश्शेभन्दा महान् बनाए।
21 तब इस्राएलले यूसुफलाई भने, “हेर, मेरो अन्तिम समय आइसकेको छ। तर परमेश्वरले तिमीलाई सधैँ सघाउनु हुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूको पिता पुर्खाहरूको भूमिमा लैजानु हुनेछ। 22 जुन कुरो तिम्रा दाज्यू-भाइहरूलाई दिइनँ त्यो तिमीहरूलाई दिएको छु। मैले एमोरीहरूबाट जितेको पहाड तिमीलाई दिन्छु। यस पहाडलाई जित्नको निम्ति मैले तरवार र धनु-काँड चलाएँ, अनि जितें।”
23 विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाएर राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्।
24-25 मोशा बढेर ठूला भए। आफ्नो विश्वासको कारणले उनले आफूलाई फिरऊनकी छोरीको छोरा कहलाउन चाहेनन्। उनले पापको आनन्द मनाउन चाहेनन्। यी आनन्द क्षणिक हुन्छन्। बरू परमेश्वरका मानिसहरूसित रही कष्ट भोग्नु रूचाए। उनले यो विश्वासको कारणले गरे। 26 मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दु:ख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार पर्खिरहेथे। 27 विश्वासकै कारणले उनले मिश्रदेश छोडे। उनी राजाको रिसदेखि डराएनन्। उनी डटिरहे, जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्नसक्छन्। 28 उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे।
29 अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूख्खा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।
© 2004, 2010 Bible League International