Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 17

दाऊदको प्रार्थना।

17 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
    म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु।
अनि मैले भनेका कुरामा म ईमान्दार छु।
    यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।
तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ
    किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ।
तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ
    तपाईं रातभरि मसँग हुनुहुन्थ्यो।
तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन।
    मैले कुनै खराब योजना बनाइनँ।
मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ
    त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।
मैले तपाईंको पथ अनुशरण गरेकोछु।
    मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ।
    तपाइँले मलाई जवाफ दिनुभयो।
    यसैले अब मेरो कुरा सुन्नु होस्।
हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो,
    जसले तपाईंमाथि भरोसा गरे।
तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्।
    त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।
तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्।
    तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्।
    मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्।
10 तिनीहरूमा दया छैन।
    तिनीहरू साह्रै अहंकारी छन्।
    तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।
11 ती मानिसहरूले मेरो खेदो गरे।
    अहिले तिनीहरू मेरो चारैतिर
आक्रमण गर्न तयार छन्।
12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्।
    तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।

13 हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्।
    तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्।
    तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्।
14     हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्।
हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्।
ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्।
    तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।

15 मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु।
    हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।

यर्मिया 17:5-18

मानिसहरूमा आस्था, अनि परमप्रभुमा आस्था

परमप्रभुले यी कुराहरू भन्नुभयो,
“जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ,
    अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ,
    र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।
ती मानिसहरू मरुभूमिमा उम्रने पोथ्रा झैं हुनेछन्
    अनि उन्नति तिनीहरूले देख्ने छैनन्।
    तिनीहरूले असल देख्दैनन्
जब यो आउँछ।
त्यो मानिस धन्य हो,
    जसले परमप्रभुमाथि भरोसा गर्छ,
    जसले उहाँमाथि विश्वास राख्छ।
त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ
    जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ।
यसकारण त्यो वृक्ष गरम कालमा डराउँदैन।
    यसका पातहरू खडेरी पर्दा पनि
हरियै रहन्छन्
    अनि यसमा फल फल्नु छोड्दैन।

“मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ।
    त्यो कहिल्यै निको नहुने हुन्छ।
    यसलाई कसैले बुझ्न सक्तैन।
10 तर म हुँ,
    म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु
अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।
11 एकजना मानिस जसले आफ्नो अधिकार बाहिरबाट सम्पत्ति पाउँछ,
    त्यो अण्डा नपारी चिङना काडने चरा जस्तै हो।
उसले आफ्नो सम्पत्ति जीवनको आधा अथवा अन्तिममा हराउँछ
    अनि ऊ मूर्ख बनिन्छ।”

12 आदिदेखि हाम्रो मन्दिर
    परमप्रभुको लागि महिमामय सिंहासन भएको हो।
    यो एकदमै मुख्य पवित्र स्थान हो।
13 हे परमप्रभु! तपाईं इस्राएलको आशा हुनुहुन्छ,
    तिनीहरू सब जसले छोड्छन्,
    पछि तिनीहरू लज्जित हुनेछन्।
भूमिमा जसले तपाईंलाई छोड्नेछन्।
तिनीहरूको नाउँ माटोमा लेखिनेछ[a]
    किनभने तिनीहरूले परमप्रभुलाई,
    जीवित जलश्रोतलाई त्यागे।

यर्मियाको तेस्रो गुनासो

14 हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने,
    म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउँनु भयो भने,
म साँच्चि नै बाँच्ने छु।
    परमेश्वर, म तपाईंको गुण गाउँछु।
15 तिनीहरूले मलाई सोच्छन्,
    “परमप्रभुबाट आएको वचन कहाँ छ?
    आउन देऊ!”

16 परमप्रभु, म तपाईंको गोठालो बनिनुबाट भागेर गईनँ।
    मैले शोकपूर्ण दिनको कहिल्यै इच्छा गरिन।
तपाईं जान्नुहुन्छ
    तपाईंको अघि मैले के भनेको थिएँ यो तपाईंको सामु छ।
17 मलाई डर नदेखाउनु होस्।
    तपाईं मेरो विपत्तिको दिनमा शरण स्थान हुनुहुन्छ।
18 मलाई खेदनेहरूलाई लाज होस्,
तर मलाई लज्जित नपार्नुहोस्।
    तिनीहरूलाई डर देखाउनु होस्
तर मलाई होइन।
    तिनीहरूमाथि ध्वंसको दिन आवोस्।
तिनीहरूलाई ध्वंस पार्नु होस्।
    तिनीहरूलाई फेरि ध्वंस पनि पार्नु होस्।

मत्ती 12:22-32

परमेश्वरद्वारा येशूको शक्ति

(मर्कूस 3:20-30; लूका 11:14-23; 12:10)

22 त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। 23 सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?”

24 जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”

25 येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। 26 यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? 27 तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। 28 तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। 29 यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। 30 जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ।

31 “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। 32 यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International