Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 67

प्रमुख संगीतकारलाई: वाद्य-वादन सहित। एउटा स्तुतिगान।

67 हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस् र आशीर्वाद दिनुहोस्।
    कृपया हामीलाई ग्रहण गर्नुहोस्!

म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन्।
    प्रत्येक जातिले देखुन् कि तपाईंले मानिसहरूलाई कसरी बचाउँनु हुन्छ।
हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
    प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।
प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकुन्।
    किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ।
    अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।
मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
    हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सकून्।
हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्।
    हाम्रो खेतले विस्तृत फसल दिओस्।
हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्।
    अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरको डर मानुन् आदर गरून्।

यशैया 56:1-5

सारा जातिहरूले परमप्रभुलाई पछ्याउने छन्

56 परमप्रभुले यी कुराहरू भन्नुभयो, “सबै मानिसहरूसित न्यायपूर्वक व्यवहार गर। ठीक कुराहरू मात्र गर। किनभने मेरो मुक्ति तिमीहरूमा हुनेछ। मेरो धार्मिकता संसारभरि चाँडै प्रकट हुनेछ। त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन खुशी हुनेछ।”

केही मानिसहरू जो यहूदी होइनन् आफैं परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैनन्।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हुँ, म कुनै नानी जन्माउन सक्दिनँ।”

ती नपुंसकहरूले त्यस्ता कुराहरू भन्नु पर्दैन किनभने परमप्रभुले भन्नुहुन्छ, “नपुंसक मध्ये केहीले विश्राम दिनको नियम अनुशरण गर्छन्। कार्यहरू त्यही गर्छन जो म इच्छा गर्छु अनि मेरो करार साँच्चो हृदयले अनुशरण गर्छन्। यसैले म तिनीहरूकोलागि स्मारक ढुङ्गा मेरो मन्दिरमा राखिदिनेछु। तिनीहरूका नाउँ मेरो शहरमा सम्झना गरिनेछ। हो, म ती नपुसंकहरूलाई केही चीज दिनेछु जुन नानीहरू भन्दा राम्रो हुन्छ। म तिनीहरूलाई नाउँ दिनेछु जुन सधैँ रहनेछ। तिनीहरू मेरा मानिसहरूबाट अलग हुने छैनन्।”

मत्ती 14:34-36

येशूले धेरै बिमारी मानिसहरूलाई निको पार्नुभयो

(मर्कूस 6:53-56)

34 त्यसपछि उहाँहरू झील तरेर गनेसरेतको किनारमा पुग्नुभयो। 35 त्यस ठाउँका मानिसहरूले येशूलाई देखे। उहाँ वास्तवमा को हुनहुन्छ भनेर तिनीहरूले जान्न पाए। तिनीहरूले त्यस क्षेत्र वरिपरिका सबै मानिसहरूलाई येशू त्यहाँ आउनु भएको छ भनेर खबर फैल्याए। धेरै रोगीहरूलाई येशूकहाँ पुर्याए। 36 तिनीहरूले उहाँको लुगाको किनार मात्र पनि छुनलाई अनुमति माँगे ताकि तिनीहरूको बिमार जाति होस्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International