Revised Common Lectionary (Complementary)
परमेश्वरले तृप्त गराउने “भोजन” दिनुहुन्छ
55 “हे सबै, तिर्खाएका मानिसहरू, आऊ!
तिम्रोलागी पानी यहाँछ, आएर पिऊ!
पैसा छैन भनेर सुर्ता नगर।
आऊ, अघाउन्जेल सम्म खाऊ र पिऊ!
तिमीहरूलाई पैसा चाहिन्दैन,
खान र पिऊनुको ज्याला लाग्दैन।
2 किन तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन?
किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन?
एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ।
तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।
3 मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्।
मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्।
मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ।
यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ।
मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ।
अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
4 मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ।
मैले दाऊदलाई वचन दिएँ कि ऊ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”
5 ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ,
तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ।
ती जातिहरूले तिमीहरूलाई जान्दैनन्
तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्।
यस्तो घट्ना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ।
इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।
8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
15 परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन्
अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
16 परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस्
अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
17 परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ।
प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ।
18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
19 परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्।
परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ।
उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
20 जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
21 म परमप्रभुको प्रशंसा गर्नेछु!
म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।
परमेश्वर र यहूदी मानिसहरू
9 म ख्रीष्टमा छु र सत्य कुरा बोलिरहेछु। म झूटो बोल्दिनँ। मेरो अन्तारात्मा पवित्र-आत्माद्वारा नियंत्रित छ। अनि यो अन्तरात्माले निश्चित गर्छ कि म झूटो होइनः 2 मलाई ठूलो अफसोस छ र मेरो हृदयमा अटुट वेदना छ यहूदी जातिको निम्ति। 3 तिनीहरू मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें। 4 तिनीहरू इस्राएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधाना र संकल्प गर्ने तरिका भएको मोशाको व्यवस्था दिनुभयो। 5 ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन।
पाँचहजारभन्दा बढी मानिसहरूलाई भोजनको प्रबन्ध
(मर्कूस 6:30-44; लूका 9:10-17; यूहन्ना 6:1-14)
13 जब येशूले यूहन्नामाथि भएका घट्नाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए। 14 जब येशू नाउबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टीठाउनु भयो, अनि तिनीहरूमा विरामी परेकाहरूलाई निको पार्नु भयो।
15 त्यसै अपरान्ह चेलाहरू येशू कहाँ पुगेर भन्नलागे, “यहाँ कुनै मानिस बस्दैनन्। अनि अब धेरे ढिलो भयो, तिनीहरूलाई पठाईदिनुहोस जसमा कि तिनीहरू आफैं गएर आफ्ना निम्ति खानेकुरा किन्न सकून्।”
16 येशूले भन्नुभयो, “मानिसहरू यहाँबाट नजाउन बरू तिमीहरू आफैंले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदेऊ।”
17 चेलाहरूले भने, “तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।”
18 येशूले भन्नुभयो, “ती रोटी र माछाहरू यहाँ ल्याऊ।” 19 त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पंक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरू माझ बाडिदिए। 20 सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे 21 त्यहाँ स्त्रीहरू र केटाकेटीहरू बाहेक प्राय पाँच हजार मानिसहरू थिए।
© 2004, 2010 Bible League International