Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 119:121-128

ऐन्

121 मैले के सही र के राम्रो त्यही गरेकोछु।
    हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस्,
    जसले मलाई आघात पुर्याउन चाहन्छन्।
122 मप्रति असल रहने कसम खानुहोस् किनकि म तपाईंको दास हुँ।
    हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्।
123 हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा
    मेरो आँखाहरू टट्टाई सके।
124 म तपाईंको दास हुँ,
तपाईंको स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।
    मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
125 म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस,
    ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ।
126 हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो।
    मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे।
127 हे परमप्रभु, म खाटी सुन भन्दा पनि
    तपाईंको आज्ञाहरू मन पराउँछु।
128 म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु।
    म झूटो शिक्षाहरूलाई घृणा गर्दछु।

1 राजा 4:29-34

सुलेमानको बुद्धि

29 परमेश्वरले सुलेमानलाई ज्यादै बुद्धिमान बनाउनुभयो। सुलेमान धेरै किसिमका कुरा बुझ्न सक्थे। उनको बुद्धि यति महान, थियो कि, कल्पना गर्न सकिन्न। 30 सुलेमान पूर्वी देशहरूका सबै मानिसहरू अनि सबै मिश्रीहरू भन्दा ज्ञानी थिए। 31 उनी विश्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमानी थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए। 32 आफ्नो जीवन-कालमा सुलेमानले 3,000 ज्ञानवर्द्धक शिक्षाहरू अनि 1,005 गीतहरू रचे।

33 सुलेमान प्रकृतिको विषयमा धेरै जान्दथे। उनले लबानोनका विशाल देवदारू रूखहरूको विषयमा शिक्षा दिंद थिए, बाबरी बिरूवाको विषयमा जो भित्ताहरू माथि उम्रिन्थ्ये। उनले जनावरहरू, चराचुरूङ्गी, घस्रने जन्तुहरू अनि माछाको विषयमा पनि वार्तालाप गर्दथे। 34 सबै राष्ट्रहरूका मानिसहरू राजा सुलेमानको ज्ञानका कुरा सुन्न आउने गर्दथे। सबै राष्ट्रका राजाहरू आफ्ना बुद्धिमान मानिसहरूलाई राजा सुलेमानको कुरा सुन्न पठाउँने गर्दथे।

एफिसी 6:10-18

परमेश्वरको हात-हतियार धारण गर

10 मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन। 11 परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ। 12 हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ। 13 त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्छौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्छौ।

14 यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर 15 प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ। 16 अनि यी सँगै विश्वासको ढाल प्रयोग गर जसले दुष्टात्माको जम्मै जल्दो वाणलाई निभाउँदछ। 17 परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो। 18 सधैँ पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफूलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछोड। सधैँ परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International